नेकपा रुपन्देहीद्वारा गिरफ्तार कार्यकर्ता रिहाइको माग

प्रकाश डुम्रे  / बुटवल :  नेकपा रुपन्देहीले आफ्नो कार्यकर्ता गिरफ्तारीको विरोध गर्दै तत्काल रिहाइको माग गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका इलाका सदस्य छविलाल क्षेत्रीलाई गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेको हो । जिल्ला इन्चार्ज शरद र सेक्रेटरी अमरद्धारा हस्ताक्षरित विज्ञप्तिमा असार ८ गते घरमा बसिरहेको बेला केपी ओलीको सरकारले छापामार शैलीमा क्षेत्रीलाई गिरफ्तार गरेको भन्दै घटनाप्रति पार्टीले घोर भत्सर्ना गरेको छ । साथै, विज्ञप्तिमा पार्टीका शुभचिन्तक तथा सदस्यहरुको घरमा मध्यरातमा छापा मार्ने र मानसिक दवाव दिने गरेको भन्दै यस प्रकारको घटनाले शाहीकालको झल्को दिएको समेत उल्लेख गरेको छ ।  गिरफ्तार गरिएका क्षेत्रीलाई झुठा मुद्दा लगाउने षड्यन्त्र गरिएको भन्दै तत्काल रिहाई नगरिए र नेता कार्यकर्ता विरुद्ध धरपकड नरोकिए कडा सङ्घर्ष गर्ने चेतावनी समेत नेकपाले विज्ञप्ति मार्फत दिएको छ ।
२०७५ असार १४ गते बिहीबार दिउँसो ३ : ०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :