नयाँ— साम्राज्यवादी देशहरूको उदयको आधारभूत रूप : गुणराज लोहनी


नेपाल कम्युनिस्ट पार्टीले उसको आठौँ महाधिवेशनमा विश्व साम्राज्यवादी व्यवस्थामा फेरबदल भएको निष्कर्ष निकालेको थियो । उसले वर्तमान साम्राज्यवाद लेनिनको पालाको जस्तो मात्र नभएको भनेको छ । साम्राज्यवाद अहिले पनि ज्युँदो रहेको छ जब कि लेनिनले मरणासन्न भन्नुभएको थियो । लेनिनले साम्राज्यवादको गहिरो अध्ययन गरी चित्रण गरेको एक सय वर्ष पूरा भएको छ । साम्राज्यवादको मूल चरित्रमा अहिले पनि परिवर्तन आएको छैन तर उसले धेरै रूपहरू बदलेको छ । लेनिनले जुनजुन देशलाई साम्राज्यवादी भन्नुभएको थियो त्यति मात्र नभएर लेनिनले प्रतिपादन गरेका साम्राज्यवादको विशेषतालाई आधार बनाएर माओले साम्राज्यवादको पहिचान र व्याख्या गर्नुभएको थियो ती व्याख्या र विश्लेषणमा केही फेरबदल आएका छन् । यति मात्र नभएर साम्राज्यवादको आकारप्रकार पनि बदलिएको छ । लेनिन मात्र होइन, माओकालमा समेत औपनिवेशिक रहेका देशहरू साम्राज्यवाद बन्न पुगेका छन् । यिनै केही तथ्यहरूलाई आधार बनाएर नेपाल कम्युनिस्ट पार्टीले साम्राज्यवादलाई उत्तरसाम्राज्यवाद र भारतलगायत देशहरूलाई साम्राज्यवादी किटान गरेको छ ।

यसरी नयाँ— साम्राज्यवादी देशहरू कोको र किन भनिएका हुन् ? भनी अध्ययन गर्न सजिलो होस् भन्नाका लागि यो छोटो लेख तयार पारिएको छ । यो लेखमा मात्र ती सबै तथ्य र पुष्टिहरू समावेश गर्न सकिँदैन । त्यसका लागि ठूलै खोज र आलेख तयार पार्नु पर्दछ । तैपनि यहाँ नयाँ— साम्राज्यवादको सैद्धान्तिक पक्षहरूलाई केही शृङ्खलामा पेस गरिएको छ ।

लेनिनले सन् १९१६ मा साम्राज्यवादको विश्लेषण गर्नुभएको थियो । उहाँले पुँजीवादको नयाँ चरणको विकास ‘पुँजीवादको खुला प्रतिस्पर्धाबाट एकाधिकार पुँजीवादी साम्राज्यवादमा सङ्क्रमण’ भन्नुभयो । १९ औँ शताब्दीको पछिल्लो तेस्रो दशकमा ब्रिटेन, फ्रान्सलगायत केही देशहरू साम्राज्यवादका रूपमा उदाएका थिए । १९ औँ शताब्दीको मध्य अघि नै ‘साम्राज्यवादका कम्तीमा पनि दुईवटा स्पष्ट विशेषताहरू’१ ब्रिटेनमा देखिएका थिए । तर लेनिनले बीसौँ शताब्दीको सुरुमा पुँजीवादको साम्राज्यवादमा ‘अन्ततः परिपक्वता’२ आएको कुरा औँल्याउनुभएको थियो ।

जब उहाँले साम्राज्यवादको विश्लेषण गर्नुभएको थियो त्यो समयमा लेनिनको नयाँ– साम्राज्यवादी जर्मनीप्रति बढी चाख गएको थियो । अर्थतन्त्र र राजनीतिमा प्रभुत्व रहेको वित्तीय पुँजीका रूपमा एउटा नयाँ साम्राज्यवादको विशेषता स्पष्ट रूपमा जर्मनीसँग केही उपनिवेशहरू मात्र रहेका थिए । ब्रिटेन एउटा यस्तो देश थियो जसले प्रारम्भिक रपमा ‘यसका बैङ्कहरूको असङ्ख्य शक्तिद्वारा उपनिवेशहरूबाट शोषण गरेर’३ सम्पत्ति सिर्जना गरेको थियो । जर्मनी, अर्कोतिर नयाँ ठूलो पुँजीवादी शक्तिभित्र, सन् १८७१ सम्म तीव्र गतिमा ब्रिटेनभन्दा बडो फूर्तिका साथ विकास गरेको थियो । औद्योगिक उत्पादन तीव्र रूपमा बढ्यो, ठूलो मात्रामा भएको उद्यमको विकासले रोजगारी स्थापित गरेको थियो र यसबाट कच्चा पदार्थ र बजारको ठूलो भोग जागेको थियो ।

जर्मनीबाहेक, अमेरिका र जापान पनि नयाँ— साम्राज्यवादी समूहमा सामेल भएका थिए । यिनीहरूको पुरानो साम्राज्यवादी देशहरूको भन्दा श्रेष्ठता पुँजीवादी विकसित उत्पादन सम्बन्धमा आधारित थियो जुन ‘विकसित प्रविधिहरू र विशिष्ट सङ्गठनहरू जसले पुँजीवादी उत्पादनमा नयाँ पद्धति विकासका लागि सङ्घर्ष चल्यो ।’४ उनीहरूको प्रतिकूलता, अति महत्वपूर्ण कच्चा पदार्थ र बजारलाई पुराना साम्राज्यवादीले यसअघि नै विभाजन गरिसकेका थिए । यसपछि उनीहरूले विश्वलाई पुनः विभाजन गर्न प्रयास गरे र उनीहरू बढी नै आक्रामक बनेका थिए ।

लेनिनको आफ्नो प्रख्यात कृति साम्राज्यवाद ः पुँजीवादको चरम अवस्थामा उहाँले ‘हामीले साम्राज्यवादको सम्भव र आवश्यक परिभाषा सङ्क्षिप्त रूपमा चाहन्छौँ भने हामीले साम्राज्यवादलाई पुँजीवादको एकाधिकार भन्नुपर्दछ’५ भनी सामान्यीकरण गर्नुभयो ।
लेनिनका अनुसार वित्तीय पुँजी जस्तो कि ‘केही धेरै ठूला एकाधिकारवादी बैङ्कहरू रहेको बैङ्क पुँजी, औद्योगिकवादीहरूको एकाधिकारवादी सङ्गठनको पुँजीसँगको विलय’ एकाधिकार र ‘विश्वको विभाजन…..जुन पूण रूपले विभाजित भैसकेको थियो विश्वभरि एकाधिकारको औपनिवेशिक नीति लागू गर्नका लागि ।’६
त्यसैले साम्राज्यवादी देशहरू भनेका ती देशहरू हुन् जहाँको अर्थतन्त्र एकाधिकारले निर्धारण गर्दछ, जहाँ राज्यलाई एकाधिकारद्वारा अधीनस्थ बनाइएको हुन्छ र अन्य क्षेत्र र राज्यलाई अधीनस्थ गर्ने प्रयास गर्दछन् ।
पुँजीको निर्यात ‘पुँजीवादको पछिल्लो अवस्था’ अनौठो बनाइदियो । यो नै अन्य देशहरूमा आर्थिक आधारमा शोषण र उत्पीडनका लागि साम्राज्यवादको निर्णायक आधार बन्यो । वस्तुको निर्यातमा पुँजीवादमा खुला प्रतिस्पर्धा अझै पनि सर्वाधिक प्रभावकारी थियो ।
साम्राज्यवादको इतिहासमा, पहिलेका औपनिवेशिक देशहरू संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानाडाहरू निश्चित अवस्थामा पुनःपुनः नयाँ साम्राज्यवादमा विकास भएका थिए । यो जडता हुनेछ । त्यसैले यिनीहरूलाई उत्पीडक र उत्पीडित राष्ट्रहरू भनी वर्गीकृत गर्नुपर्दछ ।

उत्पीडित राष्ट्रहरूको आर्थिक र वर्गको बनावटमा आएको परिवर्तन
लेनिनको पालामा मुस्किलले २० वटा मात्र पुँजीवादी राष्ट्रहरू थिए । अहिले विश्वका सबैजसो देशमा पुँजीवादी उत्पादन सम्बन्ध रहेको छ । यो सामन्तवादमाथिको पुँजीवादको कानुनी—राज्यको विजय हो ।
पुँजीवादी—साम्राज्यवादी औपनिवेशिक राजनीतिहरूको हतियारको अभूतपूर्व उत्पादनसँगको शक्ति हतियारका रूपमा जोडिन पुग्यो । यसको सँगै राज्यको महत्व बढ्दै गयो । यसरी पुँजीको चाहनाको प्रतिनिधित्व गर्ने सामान्य भूमिका मुठीमा राख्ने एकाधिकार पुँजीवाद चाहनामा परिवर्तन भएको थियो । सन् १९१७ मा लेनिनले साम्राज्यवादको आर्थिक युद्धले एकाधिकार पुँजीवादको राज्य—एकाधिकार—पुँजीवादमा सङ्क्रमण भएको अवलोकन गरिसक्नुभएको थियो ।

‘एकाधिकार पुँजीवादले राज्य एकाधिकार पुँजीवादमा विकास गरिरहेको छ । केही सङ्ख्याका देशहरूले परिस्थितिको बलमा उत्पादन र वितरणलाई प्रवेश गराएका छन् । केही देशहरूले श्रमका लागि अनिवार्य सैन्य भर्नालाई प्रवेश गराएका छन् ।’ युद्धपूर्व ट्रस्ट र सिन्डिकेटको एकाधिकार थियो; युद्धदेखि राज्य एकाधिकार रहेको छ ।७
दोस्रो विश्वयुद्धका क्रममा, सबै साम्राज्यवादी देशहरू एकाधिकार पुँजीवादबाट राज्य—एकाधिकार—साम्राज्यवादको सङ्क्रमणलाई पूरा गरेका थिए । सन् १९७९ मा विली डिक्खुटले आफ्नो किताब ‘जर्मनी सङ्घीय गणतन्त्रमा राज्य—एकाधिकार—पुँजीवाद (एफआरजी), पहिलो भाग’ मा पुँजीवादको नयाँ गुणको सामाजिक व्यवस्थाका बारेमा लेखेका छन् ।


‘राज्य—एकाधिकार पुँजीवाद भनेको : सबै चीजहरूमा राज्यको एकाधिकार भूमिका हो; राज्यका उपकरणहरूमा एकाधिकार अङ्गहरूको समायोजन हो; समाजका सबै क्षेत्रमा आर्थिक र राजनीतिक शक्तिको स्थापना हो ।’ (पृ. ६९)
यो राज्य—एकाधिकार शक्तिको आधार भनेको ‘पुँजीवादको राष्ट्रिय सङ्गठनको उच्च रूप हो ।’८ यही पुँजीवादी उत्पादन सम्बन्धको सार तीव्र रूपमा अन्तर्राष्ट्रियकरण हुने काम सुरु भैसकेको छ । यसले विश्व साम्राज्यवादी प्रणालीको विकासको चरणलाई सङ्केत गर्दछ ।
दोस्रो विश्वयुद्धपछि राष्ट्रिय मुक्ति सङ्घर्षले पुरानो औपनिवेशिक प्रणालीलाई चुरचुर पारिदियो । त्यहाँदेखि पुँजी निर्यात साम्राज्यवादी औपनिवेशिक नीतिको सर्वाधिक विधि बन्यो । पूर्वउपनिवेशको परिणाम, अहिले औपचारिक रूपमा स्वतन्त्र रहेका छन्, अन्तर्राष्ट्रियमा एकाधिकारहरू घनीभूत भएको छ । विकासशील राष्ट्रलाई अतिरिक्त पुँजी लगानी क्षेत्रमा झुकाएर नवऔपनिवेशिकवादको उदय भयो ।
१९४५ अघि विश्वभरि केही सय मात्र अन्तर्राष्ट्रिय एकाधिकारहरू थिए । १९६९ मा ७ हजार ३ सयका २७ हजार ३ सय सहायक कम्पनीहरू पुगिसकेका थिए । अन्तर्राष्ट्रिय एकाधिकारीहरूको विश्वविभाजनको तीव्र प्रक्रिया, लेनिनको पालामा केवल सुरुआत थियो, अब विश्व अर्थव्यवस्थाको चरित्र बनेको थियो ।

साम्राज्यवादी देशहरूमा पुँजी निर्यात अन्तर्राष्ट्रिय एकाधिकारको विशेष आकर्षण थियो किनभने उनीहरूको विकसित उत्पादनले पुँजीप्रतिको बलियो भोक थियो । यो अधिक गतिको अन्तरघुलन र साम्राज्यवादी पुँजीवाद र पुँजीवादी उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्न चालक शक्ति बन्यो ।
उपनिवेशहरूमा पुँजी निर्यात, अर्कोतिर जहाँ सबैभन्दा बढी लाभ हुन्थ्यो त्यहाँ लाभदायक योजनाहरू केन्द्रित भयो । विली डिक्खुटीले लक्ष्य र विधिको उपयुक्त चित्रण गरेका छन् ः

कच्चा पदार्थको स्रोत, उत्पादनको बजार, पुँजीको लगानी—तिनीहरू साम्राज्यवादको एकाधिकार पुँजीवादी लक्ष्यहरू हुन् । यी लक्ष्यहरू प्राप्तिका लागि कूटनीतिक षड्यन्त्र, घुसखोरी, नाफामा साझेदारी, ब्ल्याकमेल, धम्की, हत्या प्रयास, भ्रष्टाचारका कारण सरकार परिवर्तन, भ्रष्टाचारका नाममा सैन्य कु, बाहिरी र भित्री सैन्य घुसपैठ, यस्तै र अघि पनि यस्तै साम्राज्यवादीहरूले तिनीहरूले प्रयोग गर्नका लागि जे पनि गर्नेछन् ।’९
नवऔपनिवेशमा भर परेका देशहरूमा एउटा राष्ट्रिय पुँजीपति पुँजीवादी उत्पादन सम्बन्धको विस्तार भैरहँदा अनिवार्य रूपमा औद्योगिक सर्वहाराको उदय भयो । घरेलु पुँजीपतिहरूले असङ्ख्य उद्योगबाट औद्योगिक उत्पादनको स्थापना गरे, साम्राज्यवादी देशहरू, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्वबाट ऋण सहयोग लिएका थिए ।
तर पुँजीवादी उद्योग पुँजीलाई कानुनी—राज्यको बाटोमा केन्द्रीकरण र सञ्चितीतिरको प्रवेशमा धकेलेको थियो । राष्ट्रिय पुँजीपतिबाट— अथवा उसको चाहनामा—राष्ट्रिय निजी, अर्धसामुदायिक अथवा राज्य नियन्त्रित एकाधिकारको अन्तर्राष्ट्रिय निगमहरूसँगको नजिकको सम्बन्ध विकास भएको थियो । १९९३ मा किताबमा, नवऔपनिवेशवाद र अर्जेन्टिना, ब्राजिल, भारत, दक्षिणकोरियाजस्ता देशहरूमा राष्ट्रिय मुक्ति सङ्घर्षहरू बदलिएको भनिएको थियो ।

साम्राज्यवादीहरूमा आश्रित उत्पीडित देशहरूको ठूलो पुँजीमा अस्थिरता रहिरहेको छ । यो उसकै लागि नियन्त्रण गर्ने विषय र उत्पीडित राष्ट्रहरूको समाजमाथि अन्तर्राष्ट्रिय एकाधिकार पुँजीको भूमिकाको अभ्यास गर्ने उपकरणमा बदलिएको थियो । (पृ. १०९)
यी एउटा सङ्ख्याका घरेलु एकाधिकारमा रहेका नवउपनिवेशमा भर पर्ने देशहरूको पुँजीवादमा उदयको विकासको आधारको पूर्वसर्त उद्योगहरू, बैङ्क र व्यापार पुँजी थियो । अन्तर्राष्ट्रिय एकाधिकार पुँजीको विशेष आकर्षणको चाहना पुँजी निर्यात थियो किनभने तिनीहरूको सामाजिक अर्थतन्त्रको अवस्थाहरू जुन माथि नै सबै देशहरूमा समावेश गरिएको थियो । अधिकांश तिनीहरू विशाल, स्रोतहरूले धनी, घना आवादी रहेका देशहरूमा चित्रित सापेक्षित विकसित पुँजीवादी उत्पादन सम्बन्ध भएका ः तिनीहरूसँग सापेक्षित भौतिक पूर्वाधारको विकास भएका, ठूलो मात्रामा श्रम सञ्चित, बजार विस्तारका पूर्वसर्तहरू थिए । बजारमा वृद्धिको मुख्य विकास तब हुन्थ्यो जब सानो मात्राको पछौटे कृषि पुँजीवादी कृषि—औद्योगिक उत्पादनमा रूपान्तरण हुन्थ्यो ।

घरेलु एकाधिकार अर्थतन्त्रको सार नै नयाँ—साम्राज्यवादी देशहरूको उदयको सुरुआती बिन्दु थियो ।
१९८० मा ब्राजिल, मेक्सिको, अर्जेन्टिना, भारत, दक्षिणअफ्रिका, टर्की र दक्षिणकोरियामा २१ वटा अन्तर्राष्ट्रिय एकाधिकार थिए भने १९९० मा २८ वटा पुगेका थिए ।१० तिनीहरू मुख्य रूपमा साम्राज्यवादहरूमाथि र साम्राज्यवादको सिद्धान्तद्वारा निर्धारित उनीहरूको सहारा, निर्णयद्वारा प्रभावित सरकारको निर्णयमा भर परेका थिए ।
यी तथ्यहरूले एकातिर साम्राज्यवाद पुरानै अवस्थामा रहेको छैन भने अर्कोतिर साम्राज्यावादी देशहरूको सङ्ख्यामा वृद्धि भएको छ । कुनै बेला उपनिवेश रहेका देशहरूमा पुँजीवादी उत्पादन सम्बन्ध अनुसरण गर्दै एकाधिकार कायम गर्दै गर्दा साम्राज्यवादमा पतन हुन पुगेका छन् । यो प्रक्रियामा पुँजीवादी राष्ट्रहरू मात्र नभएर हिजोका समाजवादी देशहरू पनि साम्राज्यवादी बनिरहेका छन् । यी राज्यहरू साम्राज्यवादी बन्दै गर्दा राज्य—एकाधिकार थियो भने अहिले निगम एकाधिकार कायम भैराखेको छ ।

 

  1. Lenin, “Imperialism and the split in Socialism,” Collected Works, Vol. 23 p 112
  2. Lenin, ” The Proleterian Revolution and the Renegade Kautsky,” Collected Works, Vol 28, p 239
  3. Lenin, “War and Revolution,” Collected works, Vol. 24, p. 403
  4. Lenin, “War and Revolution,” Collected works, Vol. 24, p. 403
  5. Lenin, “Imperialism……..,” Collected Works, Vol. 22, 226
  6. Ibid
  7. Lenin, “Speech in Favour of the Resolution on the Current Situation,” Collected Works, Vol. 24, p.30; emphasis added.
  8. Twlight of the Gods-Gotterdammerung over the “New World Order”,p.241
  9. State-Monopoly Capitalism on the Federal Republic of Germany (FRG) part I.p.58
  10. Fortune Global 500
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :