विद्यालयबाटै अपहरणको धम्की !

काठमाडौं : केही समयदेखि निरन्तर रुपमा सरकारले प्रहरी आतङ्क तीव्र पारेको छ । नेपाल कम्युनिस्ट पार्टीका मोरङ इन्चार्ज पुष्कर श्रेष्ठका छोरा निपुष श्रेष्ठलाई सादा पोसाकमा प्रहरीले अपहरणको धम्की दिएको समाचार प्राप्त भएको छ । नितुषलाई काठमाडौँको पानीपोखरीस्थित भानुभक्त उच्च माध्यमिक विद्यायलमा प्रहरी गई अपहरणको धम्की दिएको जानकारी विद्यालय स्रोतले दिएको छ । श्रेष्ठ कक्षा ४ मा अध्ययनरत विद्यार्थी हुन् । प्रहरीले विद्यालयमा गएर यस्तो हर्कत देखाउनु गलत रहेको सम्बन्धित पक्षले जनाएको छ ।
२०७५ असार १४ गते बिहीबार बिहान ११ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :