जनपरिषदद्वारा गाउँपालिकाका अधिकृतमाथि कारबाही

काठमाडौं : जिल्ला जनपरिषद बझाङले एक गाउँपालिकाका अधिकृतमाथि कारबाही गरेको छ । बझाङको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीले भ्रष्टाचार गरेको भन्दै जनपरिषदले बुधबार चेतावनी स्वरुप कालोमोसो दलेको हो । जोशीले गाउँपालिकाको लागि आएको २ हजार कुइन्ट चामलमध्ये १५ सय कुइन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट आएको रुपैयाँ हिसाब नदेखाएको जिल्ला जनपरिषदको आरोप छ । कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौं भ्रष्टाचार गरेको जनपरिषद बझाङका प्रमुख संग्राम सिंहले बताएका छन् ।

२०७५ असार १३ गते बुधबार अपरान्ह ४ ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :