पेरिसडाँडाको २१ आना जग्गा बिक्री शालिग्राम

काठमाडौं : तत्कालीन एमाओवादीको पार्टी कार्यालय रहेको कोटेश्वर पेरिसडाँडाको २१ आना जग्गा शालिग्राम जमकट्टेलको निर्देशनमा बिक्री हुन लागेको रहस्योद्घाटन भएको छ । एमालेसँग पार्टीएकता हुनासाथ जमकट्टेलले खुसुक्क उक्त जग्ग बेच्न लागेको पेरिसडाँडा स्रोतले जनाएको छ ।
पार्टी कार्यालय रहेको उक्त जग्गा तत्कालीन मजदुर नेता गणेश रेग्मीको नाममा फाइनान्स गरेर किनिएको थियो । दुई कित्तामध्ये एक कित्ता जग्गा बेच्ने आन्तरिक तयारी गरिएको र तत्कालीन एमाले पक्षलाई थाहा नदिइएको पनि स्रोतले जनाएको छ ।
२०७५ असार १३ गते बुधबार मध्यान्न १२ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :