नारायणगढ–मुग्लिन सडक खुल्यो

चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुलेको छ । नारायणगढ–मुग्लिन सडक खण्डको जलवीरे, कालिखोला, चारकिलो र तीन नम्बर पुललगायतका स्थानमा पहिरो झरेपछि सोमबार बिहानैदेखि दुईतर्फ नै बाटो अवरुद्ध भएको थियो । पहिरो पन्छाएर एकतर्फी सडक खुलेको छ भने गाडीहरुको चापका कारण निर्वाध सञ्चालनमा भने समस्या रहेको छ । सहज हुन अझै केही घण्टा लाग्ने अनुमान छ ।

२०७५ असार ११ गते सामेबार मध्यान्न १२ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :