गिरफ्तारीमा परेका नेताकार्यकर्तालाई रिहा गर – नेकपा चितवन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी चितवनले आफ्ना नेताकार्यकर्ता गिरफ्तार गरेको भन्दै तत्काल रिहाइको माग परेको छ । आइतबार नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसी र सेक्रेटरी धुर्बले संयुक्त रुपमा प्रेस वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन । वक्तव्यमा उनीहरुले भनिएको छ “हाम्रो देशमा अहिले संसदीय समाजिक दलाल र जनताको बीच आन्दोलन भइरहेको छ । कथित लोकतान्त्रिक गणतन्त्रको नाममा राज्य र संसदवादी दलहरुले लुटतन्त्र,कमिशनखोर भ्रष्टाचारको पक्षपोषण गरिहेका छन् । दैनिक उपभोग्य बस्तुमा भएको आकाशिदो महंगी र, कालाबजारिया, स्थानिय निकायले गरेको कर वृद्धि, र आश्थाका आधारमा सरकार र दलहरुले गर्ने भेदभावको कारण जनताको जीवन कष्टकर बन्दै गएको छ । कालाबजारी,भ्रष्टाचार कमिशन र घुसखोरीको पक्षमा रहेको सामाजिक दलाल संसदीय व्यवस्थाको विरुद्ध हाम्रो पार्टी आन्दोलन गरिहेको कुरा सबैलाई थाह नै छ” यसैगरी चितवन जिल्लामा केहीदिन देखि राज्यको तर्फबाट विगत संकटकाल भन्दा पनि बढता ढंगले दमन धरपकड र आस्थाका आधारले गिरफ्तारी गर्ने काम गरिएको छ । मान्छेको हिडडुल गर्न पाउने स्वतन्त्रताको हनन गरिएको छ । २०७५ जेठ २५ गते छोरीको फि बुझाउन हिडेका रत्ननगर नगर कमिटी इन्चार्ज रणदिप गौतमलाई सिभील ड्रेसमा रहेका प्रहरीले करिव ६ किलोमिटर मोटरसाइकलमा लखेटेर घाइते बनाएर गिरफ्तार गरियो । उहाँको टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । उहाँ जनयुद्धको बेला एक हात गुमाएको अपाङ्ग पनि हुनुहुन्छ । यसैगरि २६ गते बेलुका भोजाडबाट बाइकमा लखेटेर सिर्जनाचोकमा मोटरसाइकल एक्सीडेन्ड गराएर घाइते बनाइ बिरु तामाङलाई गिरफ्तार गरियो । यस्तै २७ गते घरबाट रत्ननगर सेक्रेटरी गन्जुसिंह गुरुङलाई, असार ४ गते लौरीघोल चोकबाट साइकल मरमत गर्न लागेका कालिका नगरकमिटी इन्चार्ज रुद्र गुरुङ र असार ५ गते सहिद स्मृति कलेजबाट विद्यार्थी जिल्ला अध्यक्ष रमेश लामीछानेलाई गिरफ्तार गरियो । अहिले सबैलाई झुठ्ठा मुद्धा लगाएर प्रहरी हिरासतमा राखिएको छ । अहिले जिल्लामा अनावश्यक गाडी चेकअप गर्ने, हाम्रो कार्यकर्ता खोज्न गौडा नाका कुरेर बस्ने,जिल्ला स्तरको नेताको फोटो लिएर चिनेका छौ कि भन्दै जनतालाई आतङकित पार्ने, सिभिल ड्रेसमा मोटरसाइकालमा प्रहरी दौडाउने र हाम्रा नेताकार्यकर्ताको घरपरिवारलाई मानसिक ट्रर्चर दिने काम राज्यको तर्फबाट भइरहेको छ । यो दुनियामा दमनले आन्दोलन सकिएको कतै छैन र उल्टो शासकहहरुको सत्ता पल्टेको इतिहास हामी सबैलाई थाहा छ । हाम्रो पार्टीले विगतमा ठुला ठुला जोखिम मोलेर आन्दोलनमा सहभागी भएको कुरा सामान्य राजनीतिक चेतना भएका मान्छेलाई समेत जानकारी छ । आश्थाका आधारमा राज्यले गर्ने धरकपड दमन र गिरफ्तारीले हाम्रो आन्दोलन कमजोर हुदैन झन स्पातिलो बन्छ । अहिले गिरफ्तार गरिएका हाम्रा नेताकार्यकर्तालाई तुरुन्त रिहाइ गर्न र आश्थाका आधारमा गरिने खानतलास, धरकपड, दमन र गिरफ्तारी बन्द गर्न हाम्रो जिल्ला पार्टीको तर्फबाट सरकार संग विनम्रतापुर्वक अनुरोध गर्दछांै । सरकारको यही रवैया रहिरहने हो भने हामी कडा आन्दोलनमा गर्न वाध्य हुनेछौं । यसबाट उत्पन्न हुने परिणाम जिम्मा स्वय राज्य हुनेछ”
२०७५ असार १० गते आइतबार अपरान्ह २ ः १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :