पार्टी एकताका आधारहरू : सन्तोष बुढा मगर


एकता सबैको चाहना हो र यो सङ्गठनात्मक क्षेत्रमा प्रयोग हुँदै आएको सकारात्मक अर्थ बोक्ने पदावली हो । एकताको विरोध वा नकार कसैले गर्दैनन् । यो पंक्तिकार पनि सबैको यो आम धारणासँग सहमत छ तर संघर्ष याने फुट नकारात्मक अर्थ जनाउने पदावली हो जसलाई धेरैले मन पराउँदैनन् र सुन्ने धैर्यसमेत गर्दैनन् । यससँग भने पंक्तिकार असहमत छ । म यस आलेखमा यसैबारे केही चर्चा गर्न चाहन्छु ।

कम्युनिस्टहरू माक्र्सवादी (ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी) दर्शन मान्छन् । यो दर्शनले एकता सापेक्ष र संघर्ष निर्पेक्ष हुन्छ भन्ने मान्यता राख्दछ । यो सत्य हो कि एकता सापेक्ष र क्षणिक हुन्छ तर संघर्ष निरपेक्ष र निरन्तर भइरहन्छ । यो सत्यलाई पकड्ने हो भने माथिका दुई मानव चाहनाहरूसँग थोरै मेल खाँदैन । मानव चाहनाअनुसार जो हुनुपर्ने हो त्यो हुँदैन तर जो नुहुनुपर्ने हो त्यो हुन्छ । एकता छिटो–छिटो भइदिए हुन्थ्यो र यो कहिल्यै नफुटिदिए हुन्थ्यो । एक पटक एकता भएपछि यो दीर्घकालसम्म दिगो रहिदिए हुन्थ्यो । संघर्ष कहिल्यै नभइदिए हुन्थ्यो, पार्टी वा सङ्गठनहरूमा फुट कहिल्यै नआइदिए हुन्थ्यो र संघर्ष अर्थात् फुट भन्ने शब्द नै सुन्न नपाए हुन्थ्यो भन्ने स्वभाविक मानव चाहना हो तर सत्य त्यसको विपरीत छ । सबै राजनीतिक पार्टीहरूमा भित्री र बाहिरी संघर्षहरू निरन्तर चलिरहेका हुन्छन् भने संवाद पनि निरन्तर चलिरहेकै हुन्छ । यसले सङ्गठनमा फुट विभाजन र एकताका दृश्यहरू हाम्राअगाडि साक्षात् बनाई दिइरहेको हुन्छ । यसैलाई हामी समर्थन वा विरोध गरिरहेका हुन्छौँ । त्यसैले एकता नै एकता पनि हुँदैन र फुट नै फुट वा विवादै विवाद मात्र पनि हुँदैन । यी एक–अर्कामा अभिन्न र निरन्तर चलिरहने प्रक्रिया हुन् ।

पार्टी गठन प्रक्रिया निश्चित विचार, सिद्धान्त र दर्शनको आधारमा भएको हुन्छ । विचार–सिद्धान्त वा राजनीति निश्चित दर्शनद्वारा निर्देशित हुन्छन् । अहिलेसम्म संसारमा दुइटा मात्र दर्शनहरू छन् जसद्वारा सिङ्गो विश्व मानव समाज निर्देशित र परिचालित छ । माक्र्सवादी (ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी) दर्शन र अध्यात्मवादी (आदर्शवादी) दर्शन । माक्र्सवादी दर्शनले वैज्ञानिक समाज र चेतनालाई मार्गदर्शन गर्दछ भने अध्यात्मवादी (आदर्शवादी) दर्शनले कल्पनावादी, रुढीवादी चेतनालाई । यी दुई विपरीत ध्रुवीय दिशा पकडेका दर्शन हुन् । अहिलेको विज्ञान र प्रविधिले गरेको अकल्पनीय विकासले मानवचेतनालाई माक्र्सवादी दर्शनको दिशातिर दो¥याइरहेको अवस्थामा अहिलेको विश्व साम्राज्यवाद (उत्तर साम्राज्यवाद) ले विज्ञान र प्रविधिको विकास र माक्र्सवादको सत्यतालाई पनि आत्मसात् गर्दै दुबै दर्शनहरू (अध्यात्मवाद र भौतिकवादको फ्युजन गरेर) मिलाएर आदर्शवादी द्वैतवादमा आधारित दर्शन बनाएको छ । जो आज माक्र्सवादको विकृत दर्शनको रूपमा देखापरेको छ । यसले माक्र्सवादको विकृतिको रूपमा देखापरेको संशोधनवादी सिद्धान्तलाई संरक्षण गर्दै आदर्शवादसँग मितेरी लगाउँदै आधुनिक संशोधनवादलाई वैधानिकता प्रदान गरेको छ । विचार र सिद्धान्तमा बहुलवाद, राजनीतिमा संसदवाद, सङ्गठन संचालन विधि एकता संघर्ष एकता, संघर्षमा समन्वय र सम्झौतावाद, सत्ता संचालन विधिमा भागबन्डा र पुँजीवादी साझेदारी ठेक्का प्रणाली । यो अहिलेको संशोधनवादको विशेषता हो । नेपाली संशोेधनवादको चरित्र ठीक यस्तै छ । सिद्धान्त, विचार र राजनीतिमा ‘विचलन, आत्मसमर्पण र दलाली’ यसको परिणति राजनीति र सङ्गठनका हरेक क्षेत्रमा भ्रष्टीकरण, विकृतीकरण, भद्दा अनुसरण । यो अहिले सामाजिक दलाल पुँजीवाद आर्थिक चरित्रमा देखापरेको छ । वर्ग–आत्मसमर्पण र राष्ट्रिय आत्मसमर्पण, भद्दा दलाली र राष्ट्रघात, जनघात यसको अनिवार्य नियति बन्न पुगेको छ । यो आधुनिक संशोधनवादको नेपाली विशेषता हो ।

यही आधारमा अहिले नेपालमा कम्युनिस्ट पार्टीहरूबीच एकता र ध्रुवीकरणहरू चलिरहेको छ । क्रान्तिकारीहरू क्रान्तिकारीतिर र संशोधनवादी, अवसरवादीहरू संशोधनवादी विचार र ध्रुवतिर, यो अनिवार्य नियम हो । नेपालको कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टी स्थापना सँगसँगै सुषुप्त रूपमा संशोधनवाद पनि भित्रियो । २००८ सालमा संस्थापक महासचिव कमरेड पुष्पलाल श्रेष्ठलाई सम्मेलनबाट हटाएर मनमोहन अधिकारी महासचिव बन्ने क्रमसँगै हल्का भाइरस नेकपामा पस्यो । यो २०१२ सालमा संवैधानिक राजतन्त्र स्वीकार गर्ने तहसम्म देखाप¥यो । २०१५ सालमा संसदवादमा देखाप¥यो । २०१९ सालको तेस्रो महाधिवेशनपछि यही कारणले पार्टी छिन्नभिन्न हुन पुग्यो । २०२५/२६ पछि विभिन्न रूपले कम्युनिस्ट पार्टीहरूबीच ध्रुवीकरणका रेखाहरू सुरु भयो । पंचायतको अन्त्यपछि खास गरी २०४६ पछि संवैधानिक राजतन्त्र स्वीकार गर्दै तत्कालीन माले समूह एमाले हुँदै राजतन्त्रात्मक संसदीय प्रतिक्रियावादी व्यवस्थाको एक भरपर्दो हिस्सेदारी/साझेदारी दलको रूपमा देखाप¥यो । त्यही नै नेपालको ख्रुश्चेभपन्थी खुला संशोधनवादी कम्युनिस्टको नेपाली संस्करणमा देखाप¥यो । २०५२ फागुन १ देखि तत्कालीन प्रतिक्रियावादी सत्ताका विरुद्ध नयाँ जनवादी राज्यसत्ता स्थापनाका लागि सुरु भएको महान् जनयुद्ध दबाउने र अन्ततः १० वर्षको जनयुद्ध सिध्याउने साम्राज्यवादी गुरुयोजनालाई टुप्पी कसेर लागू गर्ने कथित नामधारी कम्युनिस्ट पार्टी पनि यही एमाले नै भयो र जनयुद्धका नाइके प्रचण्डहरूलाई पद र पैसाको प्रलोभनमा अहिले यही प्रतिक्रियावादी संसदीय सत्ताको हिस्सेदारी बनाउने प्रमुख भूमिका पनि यही एमाले नै खेलेको छ । अबका दिनमा साम्राज्यवादी डिजाइनमा क्रान्तिकारीहरूलाई दमन गर्ने र सिध्याउने सबभन्दा ठूलो र खतरनाक षड्यन्त्रको जाल पनि यिनीहरूले नै बुनिरहेका छन् । एक वर्षअगाडिको चुनावबाट संशोधनवादी गठबन्धन गरेर केहीसित बहुमतमा जितेर पार्टी एकतासम्म गर्न भ्याएका यी पार्टीहरू (एमाले–माके) अहिले ‘सामाजिक दलाल पुँजीवाद’ मा पतन भएका छन् । यिनी नै यो दलाल पुँजीवादी राज्यसत्तामा आसीन हुन पुगेका छन् र साम्राज्यवादीहरूको दमनको टेन्डरमा यिनले नै ठेक्का लिएन सफल भएका छन् । त्यसको लागि एकातिर संशोधनवादी पार्टीहरूबीचको एकता अनिवार्य भयो भने अर्कोतिर यसको विरुद्ध संशोधनवादी समूहबाहेकका माक्र्सवादी दर्शन, विचार, राजनीति र क्रान्तिलाई आत्मसात् गर्ने व्यक्ति, समूह र पार्टीहरूबीच पनि ध्रुवीकरण अनिबार्य बन्न पुुग्यो । यो वस्तुगत आवश्यकताले माक्र्सवादी पार्टीहरूबीच पनि एकता र ध्रुवीकरणको वातावरण बनेको छ र छलफलहरू चलिरहेको छ । यो वस्तुगत परिस्थितिले सिर्जना गरेको सकारात्मक पाटो हो ।

जहाँसम्म कम्युनिस्टहरूबीचको एकताको प्रश्न छ । यो वैचारिक, राजनीतिक प्रश्न हो । किनकि कम्युनिस्ट पार्टी वैज्ञानिक विचारको आधारमा संगठित त्यो मानव समूह हो, जसले यो मानव समाजलाई वैज्ञानिक समाजवाद र साम्यवादसम्म पु¥याउन चाहन्छ । बल प्रयोग, वर्गसंघर्ष र सर्वहारावर्गको अधिनायकत्वजस्ता माक्र्सवादका निम्नतम आधारभूत मान्यतालाई अंगीकार गर्दै क्रान्तिद्वारा मात्र समाज परिवर्तन गर्न सकिन्छ भन्ने मान्यता कम्युनिस्ट पार्टीले राख्दछ । यसको आधारमा नै सत्रु र मित्र शक्तिको पहिचान गर्दछ । न्यूनतम यी आधारभूत मान्यता राख्ने पार्टी वा विचार समूहहरूबीच एकताको प्रक्रिया अघि बढ्दछ । यसरी क्रान्तिकारीहरूबीच एकताको कुरा गरिरहँदा क्रान्तिकारीहरूले ध्यान दिनुपर्ने विषय यिनै हुन् । न्यूनतम रूपमा यसलाई ध्यान दिइएन भने पार्टी एकता तासको महलजस्तो एकै छिनमा भत्कने पार्टी बन्न पुग्दछ, जसले प्रतिक्रियावादी र संशोधनवादी क्रान्ति विरोधी शक्तिहरूलाई टेवा पु¥याउँछ ।

विगतमा पार्टी एकताहरू थुप्रै भए तर ती क्रान्तिकारी पार्टी एकताको रूपमा दिगो रहन सकेनन् । यसको मुख्य कारण वास्तविक क्रान्तिको सिद्धान्तलाई पक्रन नसकिएको पुष्टि हुन्छ । कतिपय सवालमा त नेतृत्वहरूमा नै संकीर्णता र गैरकम्युनिस्ट चिन्तन प्रवृत्तिहरू हावी भएको पाइन्छ । ती अहिले समीक्षाको विषय बनेका छन् । तर एउटा सत्य यो हो कि कम्युनिस्टहरूको अन्तिम गन्तव्य वैज्ञानिक समाजवाद हुँदै साम्यवाद पुग्ने हो । वैज्ञानिक साम्यवादमा पुग्नलाई वैज्ञानिक समाजवाद अहिलेको न्यूनतम राजनीतिक कार्यक्रम बनेको छ । यद्यपि यसबारे नेपाली कम्युनिस्ट आन्दोलनमा मतैक्यता छैन । अहिले कम्युनिस्टहरूले सचेत रूपले यो समाजलाई यो बाटो दो¥याउने भएकोले यो कम्युनिस्टहरूको बाटोजस्तो देखिए पनि एक दिन सिङ्गो मानव समाज पुग्ने यहीँ हो । त्यसैले यो सिङ्गो मानव समाजकै बाटो हो ।

नेपालमा लामो समयदेखि नेपाली क्रान्तिको न्यूनतम राजनीतिक कार्यक्रम ‘नयाँ जनवाद’ हो भन्दै आएको अवस्था हो । जुन बेला नेपालमा राणा शासन थियो, त्यसबेला निर्धारण गरिएको यो राजनीतिक नारा अहिले पनि जस्ता तस्तै छ । तर सत्ताको चरित्र प्रतिक्रियावादी नै रहेको भए पनि राजनीतिक सत्ता र शासन प्रणालीमा भने धेरै हेरफेरहरू आएको छ । राणा शासन, पंचायती शासन, राजतन्त्रको अन्त्य भई बहुदलीय संसदीय व्यवस्था पनि अन्त्य र पुनस्र्थापना, गणतन्त्र र लोकतन्त्रको आवरणमा विदेशी शक्तिकेन्द्रहरूले जबरजस्त टिकाएर राखेको यो संसदीय गणतन्त्रहरू यसक्रममा देखापरेका परिदृश्यहरू हुन् ।

अहिले नेपालको राज्यसत्ताको आर्थिक चरित्र हेर्दा सामन्तवादी आर्थिक चरित्र हिजोको जस्तो जस्तातस्तै छैन । राजनीति र अर्थतन्त्रको क्षेत्रमा दलाल पुँजीपतिहरू हाबी भएको अवस्था छ । सामन्तवादी आर्थिक संरचनाका अवशेषहरू छन् । ती निरन्तर ध्वस्त हुनेक्रममा छन् । अहिले यो नेतृत्वदायी अंगमा छैन । देशको ठूलो हिस्सा विप्रेषणबाट चलेको छ । यसको नेतृत्व दलाल पुँजीवादले गरेको छ । अहिले राज्यको अर्थतन्त्रको करिब ८० प्रतिशत अर्थतन्त्र दलाल पुँजीले होल्ड गरेको छ । अहिलेको संसार भूमण्डलीकृत भएको छ । सूचना, संञ्चार, प्रविधि, बाणिज्य, बैंकिङ प्रणाली, यातायात आदि सबै क्षेत्र निगम पुँजीबाट परिचालित छ । यसले विश्वलाई एक ठाउँमा अवश्य ल्याएको छ । अमेरिका, चीन, जापान, कोरिया, युरोप, भारत आदि विकसित मुलुकहरूमा जे वस्तु उत्पादन हुन्छ, भोलि बिहानै नेपाल आइपुग्छ । एक हिसाबले हेर्दा हिजो कमरेड लेनिन र कमरेड माओले क्रान्ति गरिरहेको बेलाको रुस र चीनभन्दा नेपाल धेरै अगाडि आइसकेको छ । अर्थतन्त्र र विकासको हिसाबले हेर्दा नेपाल एक ठाउँमा छ तर अरू सबै हिसाबले नेपाल २१ औँ शताब्दीमा छ । यहाँका मान्छेहरूको चेतना, सोच्ने तरिका अर्को ठाउँमा छ । १० वर्षको जनयुद्धले अझ धेरैलाई सचेत बनाएको छ । यी सबै कुराहरू हेर्दा हामी अर्को ठाउँमा आएको आभास हुने तर हाम्रो क्रान्तिको मोडेल भने २००६ सालको र अझ कमरेड माओले सन् १९३९÷४० मा अगाडि सारेको चिनियाँ नयाँ जनवादी क्रान्तिभन्दा अगाडि जान नसकेको आभास हुँदै आएको छ । पुराना नेताहरूले कतै हाम्रो असफलता र हारको कारण यतै कतै त छैन भनेर सोच्ने बेला आएको छ । कतै हामी र हाम्रो विगतलाई फर्केर हेर्दा हाम्रा नेता र विगतका पार्टी लाइनहरू यान्त्रिक भौतिकवाद र जड्सूत्रवादका सिकार त भएका थिएनन् ? जसले क्रान्तिले बारबार असफलता व्यहोर्दै आएको छ । कतै नयाँ ढंगले यी तर्कहरू अगाडि सार्दा पनि यही संकीर्णताको चस्माले त हेरिएको छैन ? आदि प्रश्नहरू हाम्रा अगाडि तेर्सिन्छन् जसले अगाडि बढ्नेलाई पनि बढ्न दिइएको छैन । यति कुरा अग्रज कम्युनिस्ट नेताहरूले सोचिदिएको भए असली कम्युनिस्टहरू क्रान्तिकारीहरूबीचको एकताले अझै सार्थकता पाउँथ्यो कि भन्ने यो पंक्तिकारको मत छ ।

यसरी हाम्रो विचार–दृष्टिकोणहरू र चिन्तन शैली–प्रवृत्तिहरू नै कम्युनिस्ट पार्टीको एकतामा वाधक बनिरहेका छन् । यसलाई सच्याउने र नयाँ तरिकाले सोच्नेतिरबाट सोचियो भने यसले पार्टी एकताको खाडलहरू पुर्ने काममा सघाउ पु¥याउने छ । कसैले नयाँ कुरा अघि सार्दा त्यसलाई माक्र्सवादी द्वन्द्ववादको कसी लगाएर रचनात्मक तरिकाबाट अर्थात द्वन्द्वात्मक भौतिकवादी विधि तरिकाबाट हेरियो र विश्लेषण–संश्लेषण गरियो भने यसले सकारात्मक दिशा पकड्नेछ तर निषेधात्मक र जद्सूत्रीय ढंगले कसी लगाइयो भने यसले पक्कै पनि यान्त्रिक भौतिकवादको सिकार बनाउनेछ । यसले कम्युनिस्ट क्रान्तिकारी एकता प्रक्रियामा वाधा पु¥याउनेछ । क्रान्तिकारी कम्युनिस्टहरूबीचको एकतामा यहीँ कतै समस्या गाँठो परेको छ ।

कम्युनिस्टहरूमा यी सबै कुराहरूको गाँठो राजनीतिक कार्यदिशामा आएर हुने गर्दछ । कार्यदिशामा समरूपता नै एकताको मूल आधार हो । एकतालाई मूल आधार बनाउँदा कार्यदिशालाई सहायक बनाउनुहुँदैन । यदि यसो गर्ने भूल गरियो भने कार्यदिशाको प्रश्न जब उठ्छ, त्यस बेला फेरि मत विभाजन हुन गई पार्टी पुुनः विभाजनसम्म पुग्छ । त्यसैले कम्युनिस्ट पार्टीका नेताहरू सुझबुझपूर्ण रूपले पार्टी एकतामा ध्यान दिन जरुरी छ । क्रान्तिकारी पार्टीका बीचमा एकता हुनु पर्छ किनकि क्रान्ति एक्लैले गर्ने चीज होइन तर एकता गर्दा कुन उद्देश्यले एकता गर्ने भन्ने कुराको छिनोफानो विचार र राजनीतिमा हुनु जरुरी छ । अहिलेको उत्तर साम्राज्यवादको सङ्गठन क्षेत्रमा गर्दै आएको तरिका भनेको नेताहरू किन्ने र पार्टीभित्र बाहिरबाट किटाणु घुसाउने हो । यो लामो प्रक्रियामा आएर मात्र देखापर्दछ । २००८ सालमा मनमोहन अधिकारीमार्फत् घुसेको संशोधनवादी किटाणु ६६ वर्षपछि आएर आज कम्युनिस्ट पार्टीलाई नै नाङ्गो संशोधनवादमा ल्याएर प्रतिक्रियावादमा पतन भएपछि मात्र धेरैले चाल पाए । निकिता खुश्चेभबाट सुरु भएको आधुनिक संशोधनवाद लियोनिद ब्रिझनेभ, युरी आन्द्रापोप, कन्सटान्टिन चर्नेन्को, मिखाइल गोर्भाचोभ हुँदै बोरिस एल्टसिनमा आएर पतन भएपछि मात्र तत्कालीन समाजवादी रुस (सोभियत संघ) संसारले देख्ने गरी नाङ्गो पुँजीवादमा पतन भएको देखे ।

नेपालको माओवादी कम्युनिस्ट आन्दोलमा प्रचण्डको २०६२ मा सम्पन्न चुनबाङ बैठकबाट शान्तिपूर्ण बाटो पक्रेको १३ वर्षपछि बल्ल नाङ्गो रूपमा प्रतिक्रियावादी सत्ताको हिस्सेदार पार्टी एमालेमा विलय भएपछि मात्र धेरैले बिग्रेको देखे । यो कम्युनिस्ट आन्दोलनको समस्या हो । नेताहरूको पद र प्रलोभनमा बिक्ने अवस्था र मूल नेतालाई किन्न नसके दोस्रो, तेस्रो तहका नेता र कार्यकर्ताहरूलाई किन्ने वा घुसाउने, घुसपैठ गरी पार्टीमा भाँडभैलो मच्चाउने, फुटाउने आदि खेल साम्राज्यवादले भर्खर नेकपासम्म गर्दै आएको छ । एकताको कुरो गरिरहँदा यी कुराहरूलाई पनि सन्दर्भ सामग्रीको रूपमा लिन जरुरी छ ।

यस्तै एकताको कुरा गरिरहँदा एकताको प्रमुख आधार कार्यदिशालाई बनाउनुपर्दछ । यसपछि सङ्गठनमा नेतृत्व यसको निर्णायक पक्ष हो । कार्यदिशा एक्लै आकाशबाट खस्ने र जमिनबाट उम्रने चीज होइन । यो त दर्शन, विचार, सिद्धान्त, राजनीति, सङ्गठन, संघर्ष, अर्थनीति, सेना, प्रविधि, समाज र इतिहासहरूको जगमा संश्लेषित विचारधारा हो । यसले क्रान्तिकारी विचारहरूको एउटा धार समाउन सक्नुपर्दछ । वर्तमान र विगतका वर्गसंघर्षहरू र अहिलेको साम्राज्यवादको अवस्था तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वस्तुगत स्थितिहरूको कुल योगमा ‘ठोस वस्तुको ठोस विश्लेषण’ गर्दै मानव मस्तिष्कबाट संश्लेषित विचार नै राजनीतिक कार्यदिशा हो । यो सबभन्दा पहिले कुनै नेताको दिमागबाट फुर्छ र त्यसलाई नेताहरूको टिमले समृद्ध गर्दछ । त्यसैले नेता र कार्यदिशा अलग वस्तु होइनन् ।

हिजो प्रचण्डले कसको विचार कार्यान्वयन ग¥यो थाहा छैन तर चुनबाङ बैठकपछि विचार बाबुरामको र नेता प्रचण्ड भएर जनयुद्धलाई भँड्खालोमा हाले र पार्टीलाई विसर्जनको तहसम्म पु¥याए । निर्णायक मुख्य नेतृत्व नै बन्दो रहेछ । ‘नेताको दिमागमा क्रान्ति छैन भने क्रान्ति हुँदैन’ भनेर प्रचण्डले बालाजुको पाँचौँ विस्तारित बैठकमा भनेको कुरा आलै छ । कुनै व्यक्ति वा नेताको दिमागबाट विचार जन्मिन्छ भने नेता कसरी जन्मन्छ त ? नेताबाट विचार जन्मिछ कि विचारबाट नेता ? विचारले नेता जन्माउँदैन । नेता वर्गसंघर्षले जन्माउँछ । इतिहासले आवश्यकतामा नेता जन्मिन्छ । माक्र्स, एंगेल्स, लेनिन, स्तालिन, माओहरू आफैँँ नेता बन्छु भनेर नेता भएका होइनन् । जीवन वर्गसंघर्षमा होमेर नेता बनेका हुन् । नेताले विचारलाई पछ्याउँछ र वर्गसंघर्षमा प्रयोग गर्छ । जो सफल हुन्छ, त्यही नेता बन्छ । तत्कालीन समाज र राष्ट्रको अन्तर्विरोधहरूको हल गर्न सक्ने व्यक्तिलाई नै इतिहासले नेता बनाउँछ । तर नेपालको कम्युनिस्ट इतिहासमा माथिदेखि तलसम्म नेता को बन्नेमा नै झगडा र फुट विभाजनहरू भएको दृष्टान्तहरू हाम्रासामु छन् । यसलाई पनि नेताहरूले सन्दर्भ सामग्री बनाउन जरुरी छ किनकि नेता नै त्यो निर्णायक चीज हो जसको हातमा क्रान्तिको क्रान्तिको स्टेरिङ हुन्छ । मुख्य पाइलटको वरिपरि पाइलटको टिम हुन्छ त्यसको भूमिका पनि महत्वपूर्ण हुन्छ । पार्टी एकता र क्रान्तिको सन्दर्भमा विचार र नेतृत्व पनि अभिभाज्य चीज हुन् भन्ने कुरालाई पनि हेक्का राख्न जरुरी छ ।

अनुभवबाट के सिद्ध भएको छ भने कम्युनिस्ट हुनु र नेता हुनु एउटै होइन । एउटा असल कम्युनिस्ट नेता नबन्न सक्छ । एउटा असल नेता पनि कम्युनिस्ट नबन्न सक्छ । असल नेता र असल कम्युनिस्ट बन्ने संजोग सबैलाई नमिल्न सक्छ । राम, कृष्णहरू पनि कुनै जमानाका नेता थिए, पृथ्वीनारायण शाह एउटा समयका नेता हुन्, अब्राहम लिङ्कन एउटा नेता थिए, हिटलर अर्को नेता थिए तर ती कम्युनिस्ट थिएनन् । लेनिन, स्तालिन, माओ, होचिमिन्ह, चे, फिडेललगायतका नेताहरू कम्युनिस्ट पनि थिए र नेता पनि । लेनिन र माओलाई इभन माक्र्स एंगेल्सलाई पनि आफ्ना पालाका आफूलाई महाविद्वान्, पढेलेखेको, बुद्धिजीवी ठान्नेहरूले नेता गन्दैनथे । माओलाई त गँवार भन्थे तर तिनै महान् नेता बने । माक्र्स र एंगेल्स महान् विचारक थिए, जसले हजारौँ वर्ष पहिलेका कुरा र हजारौँ वर्षपछिसम्मका कुराहरूलाई समाजसामु ऐनाजस्तै पस्किदिए । यो लाखौँ करोडौँमा एका–दुकाले गर्ने काम हो जो अनिवार्य पनि छ र कोही न कोहीले गर्नैपर्नेछ । यहीँनेर एक पटक विगतका नकारात्मक इतिहासका दृष्टान्तहरूतिर नजर दिन जरुरी छ । विगतमा जब एकताका प्रक्रियाहरू भए जहिले पनि नेता को नेता बन्ने र कसले कसलाई अल्पमतमा पार्ने र आफू नेता बन्ने भन्ने कुराले धेरै हदसम्म कुरा प्रभाव पारेको छ । नेता को बन्ने, मेरो स्थान कहाँ हो, कुन पक्षबाट कति केन्द्रीय समितिमा राख्ने, एकतामा संख्या देखाउन जेलाई पायो त्यसैलाई केन्द्रमा राखेर जम्बो सङ्गठनहरू बनाउने, गलत प्रवृत्ति र आचरण भएका, कतिपय सीआइडी र घुसपैठियाहरूसमेत केन्द्रमा पुग्ने तर जीवनभर इमानदारीपूर्वक क्रान्तिका लागि संघर्ष गर्द आएकाहरू पछि पर्नेजस्ता कुराले पार्टी एकता प्रक्रियामा निकै विकृतिहरू ल्याएको उदाहरण हाम्रासामु छ । पार्टी एकता गर्दा क्रान्तिकारीहरूले विगतका यी नकारात्मक शैली र तौरतरिकालाई पनि ध्यान दिन जरुरी छ । विगतमा कतिपय पार्टी एकताहरू क्रान्तिकारी पार्टी एकताको नाममा ‘अवसरवादीबीचको एकता’ भयो जसले क्रान्तिकारीहरूलाई पार्टीमा अल्पमतमा पारे । यो इतिहास पनि भुल्नुहुँदैन । यी विगतमा पार्टी एकताको नाममा हामीले भोगेका कटु सत्य अनुभवहरू हुन् । एकता गर्दा यसलाई नेताहरूले बेलैमा ध्यान दिनुपर्दछ ।

अन्तमा पार्टी एकता जरुरी छ तर त्यसपूर्व नेतृत्व तहमा, नेतृत्वका एक तहमा विचार विमर्श जरुरी छ । शीर्षनेतृत्व तहमा त पटक–पटक धेरै विषयहरूमा छलफल जरुरी छ । सबै पार्टीहरूको आ–आफ्ना मान्यताहरू छन् । बुझाइहरू छन् । कोही जनयुद्धको भीषण प्रक्रियाबाट आएका पार्टीहरू छौँ, कोही अन्तर्संघर्ष र दुईलाईन संघर्षको लामो शृंखला पार गरेर आएका छौँ । जनसंघर्ष र वैधानिक संघर्षको लामो अनुभवसहित छौँ । सबैले निःस्वार्थभाव, वर्ग, जनता, राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर असली कम्युनिस्ट ध्येय र लक्ष्य प्राप्तिका लागि संकल्पबद्ध भएर एकता प्रक्रियालाई आगाडि बढाउने हो भने भविष्य क्रान्तिकारीहरूकै हातमा छ । फेरि पनि यो वा त्यो बहानामा आ–आफ्नै घन्टा बजाउनेतिर लागियो भने यसले क्रान्तिलाई होइन, साम्राज्यवाद र प्रतिक्रियावादलाई कै टेवा पुग्न जानेछ ।

अतः सबैले मैत्रीपूर्ण रूपले कम्युनिस्ट क्रान्तिकारीहरूको एकतालाई केन्द्रमा राखेर पार्टी एकताको आधार तयार पार्न वैचारिक छलफल र बहसबाट मत–मतान्तरहरूको दूरी घटाउँदै पार्टी एकताको संभावनालाई नजिक्याउँदै पार्टी एकताको आधार खाडा गर्नु अहिले असली कम्युनिस्टहरूको दायित्व बन्न आएको छ ।
२०७५ असार १० गते आइतबार दिउँसो २ ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :