अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा

काठमाडौं : अखिल (क्रान्तिकारी)चितवनले असार १० गते देखि अनिश्चितकालीन शैक्षिक हड्ताल कार्यक्रम घोषणा गरेको छ । विद्यार्थीको अधिकार स्थापितका निम्ति निरन्तर रुपमा अगाडि बढ्ने चितवनका जिल्ला अध्यक्ष रमेश लामिछानेको तत्काल रिहाइको माग गर्दै आज अर्थात असार १० गतेबाट हुने अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा गरिएको अखिल (क्रान्त्किारी) चितनवले जनाएको छ । सो संगठनले सम्पूर्ण बुद्धिजीवी, व्यवसायी र शिक्षण संस्थामा कार्यरत शिक्षकहरुमा सम्पूर्ण अभिभावकहरुको साथ र समर्थन र सहयोगको लागि अपिल समेत गरेको छ । असार ५ गते अखिल (क्रान्तिकारी) चितवनका सचिव दर्पणद्वारा २४ घण्टे अल्टिमेटमसहितको विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष लामिछाने लगाययतलाई रिहाइको लागि माग गरेको थियो ।

२०७५ असार १० गते बिहान ११ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :