हराएका हाम्रा मान्छे : सावित्री श्रेष्ठ

हराएका हाम्रा मान्छे
चाँडो भन कहाँ हाल्यौ
मानिसको शरीरलाई
मुसा बनाई जस्तै कहाँ फाल्यौ
दया माया कत्ति पनि
नभएका दुष्टहरू
दरबार र महलमा
रमाउने कायरहरू ।
देशलाई कंगाल बनाएर
मोजमस्ती गर्नेहरू
सहिदको रगतमा
होली खेल्ने पापीहरू
मुखमा राम राम
बोली हिंड्ने
बगली राख्ने छुरा
लाज शरम कत्ति छैन ।
बोल्नलाई ठूला कुरा
बूढाबूढी बाबा आमा
कलिला ती नानीहरू
बाटो हिंडिरहेका छन्
नशिक्षा छ
न रोजगारी छ
न उपचार छ
बाबा आमालाई
सराप्नेछन् जिन्दगीभर
पापी दुष्ट तिमीहरूलाई ।।

२०७५ असार ९ गते शनिबार अपरान्ह ६ : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :