काभ्रे र रसुवा–काठमाडौं जनगणतान्त्रिक सम्पर्क समाजको सम्मेलन सम्पन्न

काठमाडौं : काभ्रे–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क समन्वय समाजको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले बुद्धिप्रसाद ढुङ्गानाको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको छ छ । उपाध्यक्षमा गुणराज रेग्मी, केशव चौलागाईं, सचिवमा सुशील ढुङ्गाना, सहसचिवमा निरज गौतम रहेका छन् । कोषाध्यक्षमा वासुदेव गौतम र अन्य सदस्यमा नुकुल चौलागाईं, रामचन्द्र चौलागाईं, बाबुराम तामाङं, रामचन्द्र ढुङ्गाना, रामप्रसाद ढुङ्गाना, रामप्रसाद चौलागाईं, उमेश गौतम रहेका छन् । दुई सदस्य पछि थपिने अध्यक्ष बुद्धि ढुङ्गानाले बताएका छन् । त्यसैगरी रसुवा काठमाडौँ–जनगणतान्त्रिक सम्पर्क समाजको ३ सदस्यीय सम्मेलन आयोजक समिति गठन भएको छ । आयोजक समितिमा समितिका नारायणप्रसाद आचार्य रहेका छन् । उक्त कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर प्रमुख अतिथि रहेका थिए भने अतिथिहरू रत्न मगर, सुरेश अधिकारी, उद्धव पौडेल, पूर्ण श्रेष्ठ सुशील बलम्पाकी, बद्री यादवलगायतको उपस्थिति थियो ।

२०७५ असार ९ गते शनिबार बिहान ९ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :