अखिल (क्रान्तिकारी)का कोषाध्यक्षसहित २ जना रिहा

काठमाडौं : अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष, नरेन्द्र विश्वकर्मासहित २ जना रिहा भएका छन् । कोषाध्यक्ष विक र प्रकाश विकलाई बिहीबार अपरान्ह सर्वाेच्च अदालतको आदेशमा रिहा भएका हुन् । उनीहरुलाई सार्वजनिक मुद्दा लगाएकोमा बन्दी प्रत्यक्षीकरण मुद्दा हालेपछि अदालतले रिहा गरेको हो । उनीहरुलाई अखिल (क्रान्तिकारी)ले काठमाडौंको चुच्चेपाटीमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेका छन् । प्रहरीले अखिल (क्रान्तिकार)का अध्यक्ष चिरञ्जीवी ढकाल सहित ३ जनालाई काठमाडौंको बौद्धबाट जेठ २८ गते सोमबार मध्यान्न १२ बजे पक्राउ गरेको थियो । अध्यक्ष ढकाल भने जेठ २९ गते बेलुका रिहा भएका थिए ।

२०७५ असार ७ गते बुधबार अपरान्ह ५ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :