पोखरामा विरोध प्रदर्शन

आस्था नेपाली / पाेखरा : अखिल (क्रान्तिकारी) जिल्ला समिति, कास्की र अनेम संघ क्रान्तिकारी जिल्ला समिती कास्कीको संयुक्त आयोजनामा महङ्गिी, कालो बजारी, भ्रष्टाचारि र महिला हिंसाका विरुद्ध आज पोखरामा विरोध सभा सम्पन्न भएको छ । पोखरा पृथ्वीचोकबाट सुरु भएको र्‍याली चिप्लेढुङा मानवअधिकारचोकसम्म आएको र्‍यालीले सोही ठाउँ सम्बोधन गरेर विरोध सभा सम्पन्न गरेको हो ।


उक्त सभामा सम्बोधन गर्दै नेकपा गण्डक ब्युरो फ्र्याक्सन इन्चार्ज जगनले महिलाको आन्दोलनलाई बुझ्न पर्छ महिलालाई उत्पिडनबाट मुक्त गराउने सबैको दायित्व हो भन्ने कुरा राख्दै सधैं चुलो चौकोमा मात्र नभए परि आए आफ्नो अधिकार प्राप्तिको खातिर जुनै हदमा पनि पार गर्न सक्छन् भनेका छन । सोही सभामा अनेम संघ क्रान्तिकारी जिल्ला संयोजक प्राप्ति विकले यो राज्यलाइ चुनौती दिंदै भनेकी छिन् कि कालो बजारी, भ्रष्टाचार, मुल्य वृद्धिलाई तत्काल नियन्त्रण नगरे र महिलालाई उत्पीडनमा राख्ने जो कोहिलाई पनि संगठनले कारबाही गर्ने भनेकी छिन् । सभामा प्रशासनलाई ठाडो चुनौती दिंदै, अखिल (क्रान्तिकारी) का गिरफ्तार केन्द्रीय नेताहरुको रिहाइको माग गर्दै र महिलाहरु कुनै पनि हालतमा पछाडि नफर्कने विषय वस्तु राख्दै अखिल (क्रान्तिकारी) कास्की जिल्ला सचीव तथा छात्रा विभाग प्रमुख आस्थाले कार्यक्रम संचालन गरेको छन ।

२०७५ असार ६ गते बुधबार अपरान्ह ५ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :