नेकपा बाँकेको सरकारलाई चेतावनी

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला पार्टी सदस्य एवं सुकुम्बासी संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, पार्टी सदस्य तथा सुकुम्बासी संगठनका जिल्ला संयोजक तिलक गिरी र पार्टी सदस्य कालीबहादुर परियारलाई संगठनको कामको सिलसिलामा रहेको अवस्थामा जेठ ९ गते निबुवा गाँउबाट पक्राउ गरेको, अखिल(क्रान्तिकारी) का केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष मदन चन्दको नाममा पक्राउ पुर्जी सल्यान जिल्ला स्थित निजको घरमा पठाइएको प्रति नेकपा, बाँकेले आपत्ति जनाएको छ । मंगलबार नेकपाका बाँके इन्चार्ज–सेक्रेटरी अर्जुनले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् । उनले जिल्लाका अन्य नेता तथा कार्यकर्ताहरुमाथि मुद्धा लगाउनुका साथै कडा निगरानी बढाएको, राज्यआतंक बढाएको भन्दै प्रहरी दमन र हस्तक्षेपको घोर निन्दा एवं भत्र्सना गरेका छन् । इन्चार्ज–सेक्रेटरी अर्जुनले पक्राउ गरेका पार्टीका नेता तथा कार्यकर्ताहरुको तत्काल रिहाई गर्न र राज्यआतङ्क बन्द गर्न बाँके जिल्ला पार्टी केपी सरकार एवं प्रशासन समक्ष जोडदार माग गर्दछ । साथै, यस प्रकारको रवैया आगामी दिनमा नरोकिएमा हाम्रो पार्टी प्रतिरोध संघर्षमा उत्रिन बाध्य हुने पनि हामी यसै विज्ञप्ति मार्फत चेतावनी दिएका छन् ।
२०७५ असार ६ गते बुधबार अपरान्ह ५ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :