बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न विषयक अन्तरक्रिया सम्पन्न / बेपत्ता नागरिकको परिवारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्छ – दीक्षित

काठमाडौं : राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज, नेपालले ‘बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा साे  कार्यक्रम सम्पन्न भएको हो । दश वर्षे जनयुद्धको क्रममा २०५९ साल असार ३ गते विपिन भण्डारी र दिलबहादुर राईलाई सरकारद्वारा गिरफ्तार गरी बेपत्ता पारिएको सन्दर्भमा अायाेजित नागरिक समाजका वरिष्ठ अगुवा डा. सुन्दरमणि दीक्षितले बेपत्ता नागरिकको परिवारले अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्नु पर्ने भन्दै सरकारलाई अल्जाइमर रोग लागेको बताएका छन् । उनले अदालतद्वारा रिहाई गर्न आदेश दिँदा सत्तासिनहरुले पक्राउ गरेको भन्दै मानवअधिकार समेत हनन् भएको बताए ।

सोही कार्यक्रममा राष्ट्रिय मानव अधिकार संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले अहिलेसम्मको सरकारी अवस्था तानाशाही भएको बताएका छन् । यस्तै राष्ट्रिय जनअधिकार सरोकार अभियान, नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले ‘बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न’ प्रस्तुत गर्दै यतिबेला राजनीतिक अवस्थाले पनि बेपत्ता नागरिकको सार्वजनिक हुनेतर्फ संकेत गरेको बताएका छन् ।

कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारी, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य श्रीकृष्ण सुवेदी, नेकपा (क्रान्तिकारी माओवादी)को पोलिट ब्युरो सदस्य इश्वरचन्द्र ज्ञावली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, नेपाली कांग्रेसका युवा नेता मनोजमणी आर्यल, वरिष्ठ मानव अधिकारकर्मी सुबोध प्याकुरेल, वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईं,  वरिष्ठ अधिवक्त विश्वप्रकाश भण्डारी, बेपत्ता योद्धा परिवार, वरिष्ठ पत्रकारलगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको अध्यक्षता एकराज भण्डारीले गरेका थिए भने सञ्चालन सोनु पोखरेलले गरेका थिए ।
०७५ असार ३ गते अाइतबार  बेलुका ६ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :