बेपत्ता नागरिक सार्वजनिकरणबारे अन्तरक्रिया हुँदै

 
काठमाडौं : राज्यद्वारा बेपत्ता योद्धा परिवार, समाजले बेपत्ता नागरिक सार्वजनिक गर्नको लागि विशेष अन्तरक्रिया कार्यक्रम गर्न लागिएको छ । आइतबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा बिहान ११ ः ३० मा कार्यक्रम आयोजना गरेको सो समाजले जनाएको छ । दश वर्षे जनयुद्धको क्रममा २०५९ साल असार ३ गते विपिन भण्डारी र दिलबहादुर राईलाई सरकारद्वारा गिरफ्तार गरी बेपत्ता पारिएको सन्दर्भमा ‘बेपत्ता नागरिकको सार्वजनिकीकरणको प्रश्न’ विषयक विशेष अन्तरक्रिया हुन लागेको हो । उक्त कार्यक्रमको समाचार संकलन गरी बेपत्ता पारिएका व्यक्तिहरुलाई सार्वजनिकको लागि आवाज उठाउन सहयोग गरिदिन हुन हार्दिक अनुरोध गरिएको छ । कार्यक्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीको विशेष सहभागि हुने जनाइएको छ ।
२०७५ असार १० गते आइतबार १० : ४६ मा प्रकाशित
 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :