जनप्रतिनिधि सभा काभ्रेको अधिवेशन सम्पन्न

काठमाडौं : काभ्रे जिल्ला जनप्रतिनिधी सभाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनमा केन्द्रीय जनप्रतिनिधी सभाका सभामुख उमा भुजेल ‘शिलु’को उपस्थिति रहेको थियो । यस्तै अन्य अतिथिहरुमा नेकपाका पूर्वी तामसालिङ ब्युरो इन्चार्ज जगत, काभ्रे जिल्ला सेक्रेटरी अग्रीम, दिवाकरलगायतको उपस्थिति थियो । अधिवेशनले सुन्तली अध्यक्ष र रामबहादुर उपाध्यक्ष रहेको ४५ सदस्यीय जिल्ला जनप्रतिनिधी सभा गठन गरेको छ । यस्तै अधिवेशनले ७ सदस्यीय जिल्ला जनपरिषद गठन गरेको छ । जसको प्रमुखमा रामबहादुर तामाङ र उपप्रमुखमा गणेश बजगाई चयन भएका छन् । गौरवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन परिभाषाले गरेका थिए ।

२०७५ असार २ गते शनिबार अपरान्ह ५ : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :