मध्यरातमा आक्रमणको प्रयास

काठमाडौं : चितवनमा डेरा लिएर पढ्न बसेका दाजु भाइको डेरामा राती १.३० बजे राती रडले आक्रमण गर्ने दुस्प्रयास गरिएको समाचार प्राप्त भएको छ । प्रकाश चन्द, उनका भाई नक्षत्र चन्द लगायतका विद्यार्थी चितवनको भरतपुर महानगरपालिका—११ स्थित जागृतिचोकमा रहेको डेरामा राती २ जना अज्ञात मान्छेहरुले रड र लौरोले कोठाको ढोका खोली आक्रमण गर्ने प्रयास गरिएको प्रकाशले जनाएका छन् । आक्रमण गर्दैछन् भन्ने थाहा पाएपछि उक्त स्थानमा सुतेका सबै उठी हल्ला खल्ला गर्दा आक्रमणकारी रड, लौरो, जुत्ता र चप्पल त्यही छोडी भागेका थिए । प्रकाशका अनुसार केही दिनदेखि सीआइडीहरुले पिछा गर्ने, अज्ञात व्यक्तिहरुले फोन गरेर बोलाउने, धम्काउने गरिराखिएको थियो । यसरी पढ्न बसेका विद्यार्थीलाई धम्की दिने, आक्रमण गर्ने कसले गरिराखेको प्रशासनले तुरुन्त खोजी गरोस् भन्ने माग पीडित पक्षले राखेको छ ।
२०७५ असार २ गते शनिबार अपरान्ह ४ : ५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :