सामुदायिक बनको कार्यालयमा तालाबन्दी

काठमाडौं : जिल्ला जनपरिषद रुपन्देहीले रुद्रपुर सामुदायिक बनको कार्यालयमा तालाबन्दी गरेको छ । रुपन्देहीको कञ्चन गाउँपालिका ४ स्थित रुद्रपुर सामुदायिक बनको कार्यालयमा जनपरिषदले तालाबन्दी गरेको हो । सामुदायिक वनले आम उपभोक्ताको हित विपरीत सिमित व्यक्तिले मनोमानी गरेको भन्दै सो कार्यालयमा तालाबन्दी गरिएको जनपरिषदले जनाएको छ । सामुदायिक बनका कर्मचारीहरुले झण्डै ४ हजार उपभोक्ताको हित विपरित हुनेगरी विधान बनाएको पनि जनपरिषदले बताएको छ । जनपरिषदले एक विज्ञप्ति प्रकाशित गरि आम उपभोक्ताको सहभागिता विनानै बन कार्यालयले आफु खुसि समिति चयन गरे आफुहरुलाई स्विकार्य नहुने समेत बताएको छ ।

२०७५ असार १ गते शुक्रबार बेलुका ८ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :