दाहाल कारबाहीमा परे

काठमाडौं :  जिल्ला जनपरिषद कञ्चनपुरले झार फुकको बहानामा गाउँलेलाई गरी ठगि गर्ने स्थानीय मिलन दाहाललाई कारबाही गरेको छ । कञ्चनपुर निवासी दाहालले झारफुकबाट विभिन्न खालका रोग निको हुन्छ भनि गाउलेलाई भ्रममा पारी ठगी गर्दै आएका थिए । उनले बच्चा नभएका महिलाहरुलाई आफुले झार फुक गरेर बच्चा बनाईदिने भन्दै जङ्गलमा लगि पुजा गर्ने बहानामा जबरजस्ति गरेको प्रमाणीत भएपछि जनपरिषदले कारबाही गरेको जनाएको छ । दाहालले कञ्चनपुरको विभिन्न गाउँमा यस्तै गतिविधि गर्ने गरेको उजुरीका आधारमा कारबाही गरिएको जनपरिषदले जनाएको छ ।
२०७५ असार १ गते शुक्रबार बेलुका ८ : ४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :