प्रचण्डले जनयुद्धको धावनमार्ग भत्काए, पुनःनिर्माण गर्छाैं : गोपाल किराती, संयोजक, नेकपा (माओवादी केन्द्र)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराँतीले जनयुद्धको धावनमार्ग प्रचण्डले भत्काए, पुनःनिर्माण गर्ने बताएका छन् । पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र परित्याग गरेको पनि दावी गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर अध्यक्ष किराँतीले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष किराँतीले आफूहरु अब रुपान्तरणसहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागि परिरहेको दाबी गरे ।

उनले आगामी कार्तिकमा राष्ट्रिय भेला बोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौं ।’ किरातीले प्रचण्डलाई संभ्रान्त वर्गमा बद्लिएको आरोप लगाउँदै प्रचण्डका केही कार्यकर्ताहरु उनको पछि लागेको बताए । उनले भने, ‘प्रचण्ड र बाबुराम अन्तिममा आएर पूँजीवादी गणतन्त्रतिर लाग्नु भयो, हामी सर्वहारा वर्गको पक्षमा छौं ।’

अध्यक्ष किरातीले भारतको तर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउन माग समेत गरे । सो पार्टीले मंगलबार राजधानीको कमलादीस्थित् प्रज्ञा भवनमा बसेको बैठकले पार्टीको आगामी पार्टीको महाधिवेशन आयोजक समिति गठन गरेको समेत जानकारी दिएको छ ।
२०७५ जेठ ३० गते बुधबार साँझ ६ : १४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :