मार्सल किम जोन उन र डोनाल्ड ट्रम्पबीच चारबुँदे सहमति

काठमाडौं /अशोक सुवेदी (समाचार विश्लेषण) :
झन्डै ७० वर्षदेखि अजात शत्रुका रुपमा रहेका साम्राज्यवादी मुलुक अमेरिका र जनगणतन्त्र कोरियाबीच मंगलबार सिंगापुरमा ‘ऐतिहासिक’ वार्ता र चारबुँदे सहमति भएको छ । अमेरिकी साम्राज्यवाद समाजवादी मुलुक जनगणतन्त्र कोरियालाई संसारबाटै एक्ल्याएर झुकाउन चाहन्थ्यो । कठपुतलीका रुपमा रहेको संयुक्त राष्ट्रसंघलाई दुरुपयोग गर्दै अमेरिकाले जनगणतन्त्र कोरियालाई कठोर नाकाबन्दी लगाउँदै आएको थियो । उसले बेलाबेलामा कोरियालाई युद्धबाटै ध्वस्त बनाइदिने धम्की पनि दिँदै आएको थियो । तर १९५०–५३ को युद्धमा कोरियाबाट पराजित अमेरिकालाई कोरियासँगको युद्ध सहज छैन भन्ने नलागेको भने होइन । त्यसमाथि पछिल्ला केही वर्षमा कोरियाले संसारलाई नै चकित पार्दै शक्तिशाली हाइड्रोजन बमको सफल परीक्षण गरेपछि अमेरिकाको समेत नौनाडी गल्दै आएको अनुभूति गर्न सकिन्थ्यो ।


कोरियाली जनमुक्ति सेनाका सर्वोच्च कमान्डर मार्सल किम जोङ उनले साम्राज्यवादको नाइके अमेरिकाका जुनसुकै भूभाग पनि ध्वस्त बनाइदिने भन्दै निरन्तर शक्तिशाली पारमाणविक शस्त्रास्त्र परीक्षण गरेपछि पछिल्लो समयमा अमेरिका र उसका मतियारहरु गल्दै गएका थिए । फलस्वरुप अमेरिका र कोरियाका बीचमा मंगलबार ऐतिहासिक वार्ता सम्पन्न भयो । वार्तामा सहमति भएका चार बुँदा यसप्रकार छन् ः

१. शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहनाअनुसार संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तरकोरिया) दुई देशबीच नयाँ सम्बन्ध स्थापनाका लागि प्रतिबद्ध छन् ।
२. अमेरिका र उत्तरकोरिया दुवैले कोरियाली प्रायःद्वीपमा एक स्थिर र शान्त व्यवस्थाको निमार्णका लागि आआफ्ना तर्फबाट प्रयास गर्नेछन् ।
३. अप्रिल २७, २०१८ को ‘पान्मुनजोम सम्झौता’ लाई पुनः पुष्टि गर्दै उत्तरकोरिया कोरियाली प्रायःद्वीपको सम्पूर्ण निःशस्त्रीकरणका लागि काम गर्न प्रतिबद्ध छ ।
४. संयुक्त राज्य अमेरिका र उत्तरकोरिया युद्धबन्दीहरू र हराएकाहरूको खोजीमा प्रतिबद्ध छन् र पहिचान भैसकेकाहरू युद्धबन्दीहरूलाई तुरुन्तै आआफ्नो देश फर्काइनेछ ।
लिखित सहमतिमा कोरिया प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्ने उल्लेख छ । यो अर्थपूर्ण र दीर्घकालीन असर पार्ने विषय हो । मूल राजनीति यसै विषयमा केन्द्रित छ । कोरियालाई नष्ट पार्न नसकेपछि कोरियालाई निःशस्त्र पार्ने अमेरिकी राणनीति र विश्वराजनीतिमा शक्तिशाली उपस्थितिसाथ हस्तक्षेप गर्ने कोरियाली राजनीतिमा कोरियाली राजनीति सफल भएको विश्लेषण गरिएको छ । इरानले अमेरिकालाई विश्वास नगर्न कोरियालाई सुझाव दिएको छ भने चीनले अब कोरियामाथि लगाइएको नाकाबन्दी र प्रतिबन्ध खुकुलो पार्नुपर्ने प्रतिक्रिया दिएको छ ।

जनगणतन्त्र कोरियाका सर्वोच्च नेता मार्सल किम जोङ उनले यसक्रममा चिनियाँ राष्ट्रपति सी जिन पिङसँग वार्ता गरिसकेका छन् भने निकट भविष्यमै रुसी राष्ट्रपति पुटिनसँग भेट गर्दैछन् । यी सबै परिघटनाले जनगणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई उनका हजुरबा अर्थात् आधुनिक कोरियाका जन्मदाता किम इल सुङको उचाइमा पु¥याइदिएको छ ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्ने विषयमा काम गर्दै जाने सहमति भएको थियो ।
अमेरिकाले जनगणतन्त्र कोरियाले निःशस्त्रीकरण प्रक्रिया सुरु गरेबापत कोरियाको सुरक्षाको ग्यारेन्टी लिने ट्रम्पले बताएका थिए । दक्षिणकोरियाबाट अमेरिकी सैनिक फिर्ता लग्ने ट्रम्पको भनाइ छ । यसो भएमा कोरियाली एकीकरणका लागि पनि मार्गप्रसस्त हुनेछ ।
२०७५ जेठ ३० गते बुधबार बेलुका ९  : ३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :