अखिल (क्रान्तिकारी)को सरकारलाई कडा चेतावनी

काठमाडौं : अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विक, पश्चिम ताम्सालीङ संयोजक तथा केन्द्रीय सदस्य बद्री अधिकारी, ईश्वर शर्मा (अटल), सम्राट सापकोटा, प्रकाश विक, प्युठान जिल्ला अध्यक्ष यान्क पुन, रसुवा जिल्ला संयोजक नविन घिमिरेलगायतलाई गैर न्याययीक पक्राउ गरि हिरासतमा राखिएको भन्दै सो संगठनले तत्काल बिनासर्त रिहाई गर्न माग गरेको छ । अखिल (क्रान्त्किारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै निहत्या नेताकार्यकर्ताको कायरतापूर्ण गिरफ्तारीको घोर भत्र्सना गरेका छन् । अध्यक्ष ढकालले शान्तिपूर्ण तरिकाले सभा, सम्मेलनमा प्रहरी हस्तक्षेप निन्दा गर्दै दलाल सरकारले आफ्नो चिहान आफै खनिरहेको समेत बताएका छन् । साथै, उनले पूर्व घोषित असार ३ गतेको शैक्षिक हड्ताललगायत कार्यक्रम कार्यान्वयनबाट उत्पन्न परिस्थितिको जिम्मा स्वयम् सम्बन्धीत पक्ष हुनपर्ने चेतावनी दिएका छन् ।
२०७५ जेठ ३० गते बुधबार अपरान्ह ५ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :