अखिल (क्रान्तिकारी)द्वारा चरणबद्ध संघर्षको कार्यक्रम घोषणा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले चरणबद्ध रुपमा आन्दोलनको कार्यक्रम घाोषणा गरेको छ ।
सो संगठनका केन्द्रीय उपाध्यक्ष्य रुद्र भट्टराईले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विक र विद्यार्थी नेता प्रकाश सुनारको गिरफ्तारीविरुद्ध यस्तो घोषणा गरेका हुन् । आउदो असार ३ गते देशब्यापी रुपमा शैक्षिक हड्ताल गर्ने बताएको छ । सरकारले बिना कारण आफ्ना नेता गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले जेठ ३० गते देशव्यापी कोणसभा, ३१ गते देशव्यापी प्रदर्शन, असार १ गते देशव्यापी मशाल जुलुस र असार ३ गते देशव्यापी रुपमा शैक्षिक हड्ताल गर्ने उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिकाे पुर्णपाठ-


२०७५ जेठ २९ गते मंगलबार बिहान ४ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :