नेकपाका नगर सेक्रेटरी पक्राउ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका चितवन जिल्लाको रत्न नगरपालिकाका सेक्रेटरी गञ्जुसिंह गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई सोमबार बिहान पक्राउ चितवनबाट पक्राउ गरेको जिल्ला सेक्रेटरी धुर्बले जानकारी दिएका छन् । उनले आफ्ना कार्यकर्ताहरुलाई बिनाकारण गिरफ्तार गर्नु गैर न्यायीक भएको बताएका छन् । उनले पक्राउ कार्यकर्ताहरुलाई तत्काल बिनासर्त रिहाई गर्न माग गरेका छन् ।

२०७५ जेठ २९ गते मंगलबार दिउँसो २ : ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :