वडा अध्यक्ष नै पीडकका पक्षमा

माण्डवी कार्की

काठमाडौं : ललितपुर महानपा ५ ख की माण्डवी कार्की ७४ वर्षदेखि बसोबास गर्दै र भोगचलन गर्दै आएको घरबाट आकस्मात् वञ्चित भएकी छिन् । उनी बसेको घरजग्गा कि. नं. ३६४ र सो को क्षेत्रफल १–१–२–० छ । त्यसको अगाडि आमा चन्द्रकुमारी थापाको ३३३ कि. नं. जग्गा छ । थापाका २ छोरी जेठी माण्डवी र कान्छी उर्मिला हुन् । आमा जीवितै हुँदा जेठी छोरी माण्डवीको घरजग्गामा आउजाउ गर्नका लागि बाटोको पूर्व–पश्चिम ८ फिट बनाई कि.नं. ३६४ हुने गरी लिखित मन्जुरी दिएको प्रमाणित कागजात देखिन्छ । जसअनुसार नपाबाट नक्सापास भै घर बनेको छ । २३ वर्षअगाडि (२०५३ असोज ५३) मा उक्त लिखित मन्जुरी भएको देखिन्छ । कि. नं.३३३ आमाको मृत्युपछि बहिनी उर्मिलाका नाममा नामसारी भयो । उर्मिलाले २०७२ सालमा उक्त जग्गा काठमाडौँ महानपा ५ बस्ने उषा लामालाई बिक्री गरेको र त्यसको सुइँको सँधियारलाई नदिएको देखिन्छ । त्यसपछि लामाले भाडाका गुन्डा लगाएर बाटो रहने र धाकधम्की दिने गरेका छन् । लिखित मञ्जुरीनामाको कानुनसरह मान्यता भएको नजिर छ । तर मोटो रकमको बुजोले न्यायको मुख बन्द गरिएको स्थानीयको गुनासो छ । तत्कालीन एमालेका तर्फबाट चुनाव जितेको ललितपुर ५ का वडा अध्यक्ष विकास श्रेष्ठसमेत पीडक लामाका पक्षमा ढल्केको स्थानीयको आरोप छ । जेठ ११ गतेदेखि बाटो बन्द गरेपछि पीडितले बाटोका रूपमा प्रयोग भएको आफ्नो जग्गा हकभोग गर्न पाएका छैनन् । माके (हाल (नेकपा))की नेत्री पम्फा भुसालले समेत चुनावी स्वार्थमा पीडितको बेवास्ता गरेको र पीडकको पक्षपोषण गरेको आरोप स्थानीयको छ ।
२०७५ जेठ २८ गते सोमबार अपरान्ह ५ :४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :