किम र ट्रम्प शिखर सम्मलेन हुँदै, विश्वको ध्यान सिङ्गापुरमा, गोर्खाली सेना वार्तास्थलकाे सुरक्षामा 

काठमाडौं :  भोलि अर्थात् जुन १२ मा सिङ्गापुरमा हुन लागेको जनगणतन्त्र कोरिया–अमेरिका शिखरवार्तालाई विश्वभरि नै निकै चासोका साथ हेरिएको छ । वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ उन आइतबार नै सिङ्गापुर पुगिसकेका छन् । वार्ताका लागि उन सिङ्गापुर पुगेको केही समयमै ट्रम्प सिङ्गापुर पुगेका थिए । सिङ्गापुरमा ट्रम्प होटेल साङ्ग्रिलामा बसेका छन् भने र उन सेन्ट रेगिस होटेलमा बसेका छन् । दुई देशीय शिखर वार्ताका लागि आफ्नो कार्यसूची तय गरिसकेको उत्तरकोरियाले जनाएको छ ।

सिङ्गापुरको सेन्तोसाद्वीपमा हुने वार्तामा आज सुरक्षा ब्यवस्था निकै कडा बनाइएको छ । हवाई उडान बन्द भएका छन् भने पर्यटकलाई त्यस क्षेत्रको प्रवेशमा रोक लगाइएको छ । विश्वमै सुरक्षा चुनौती रहेको मानिने अमेरिकी राष्ट्रपति र उत्तरकोरियाली नेताको सुरक्षामा  अाइतबारदेखि नै सेन्तोसामा सुरक्षाकर्मीहरु तैनाथ छन् । त्यस क्षेत्रमा उत्तरकोरियाली र अमेरिकी सैनिक पनि तैनाथ छन् । तर वार्तास्थलको मुख्य सुरक्षामा गोर्खाली फौज रहने भएको छ । त्यहाँ करिब दुई हजार गोर्खाली सेना परिचालन गरिएको बताइएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सिङ्गापुरमा गोर्खाली सेनाको वीरतापूर्ण इतिहास लामो रहेको भन्दै गोर्खाली सेनाको सराहना गरेका छन् । तर बिडम्बना  केही समयपहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा नेपाली सेनाको अपमान हुने गरी भारतीय सैनिकलाई नेपालमा परेड खेल्न अनुमति दिइएको थियो । साथै भारतीय सैनिक हेलिकोप्टर नेपाली आकाशमा निर्बाध उड्नुका साथै प्रतिबन्धित क्षेत्रमा अवतरण गरिएको थियो । नेपाली सेना सक्षम हुँदाहँुदै पनि विदेशी प्रभुलाई खुसी बनाउन ओली सरकारले यो सबै गरेको थियो ।

२०७५ जेठ २८ गते  शुक्रबार अपरान्ह ६ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :