दलाल पुँजीवादले महिलालाई झनै शोषण दमन गरेको छ : अध्यक्ष चन्द

काठमाडाैं : अखिल नेपाल महिला संघ क्रान्तिकारी सुर्खेत जिल्लाको १२औं सम्मेलन शुक्रबार संगठनिक केन्द्रीय अध्यक्ष बन्धु चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त सम्मेलनको उद्घाटन गर्दै प्रमुख अतिथि चन्दले अबको महिला आन्दोलन वैज्ञानिक समाजवादी क्रान्तिको लागि गर्नुपर्ने भन्दै दलाल पुँजीवादले महिलालाई झनै शोषण दमन गरेकोले आफ्नो समुदायको वास्तविक मुक्तिको लागि दलाल पुँजीवादसँग संघर्ष गर्नुपर्ने आवस्यकता रहेको बताइन् ।

सम्मेलनमा नेकपाका सुर्खेत जिल्ला इन्चार्ज धुर्ब, सेक्रेटरी यमराज, अनेम संघ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा भेरी ब्युरो संयोजक नन्दा बुढा, केन्द्रीय सदस्य गोमा ओली, सहिद परिवार ऐना धमला, अनेरास्ववियु क्रान्तिकारीका केस धन बहादुर विकलगायत विभिन्न जवस मोर्चाका प्रमुखहरू अतिथिको रुपमा उपस्थित थिए । जिल्ला भरका प्रतिनिधिहरुको उपस्थितिमा भएको सो सम्मेलनले जैसरा बरालको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती चयन गरेको छ ।
२०७५ जेठ २८ गते अपरान्ह ५ : ५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :