अध्यक्ष ढकालसहित ३ जनालाई गिरफ्तार गरेकोप्रति महासचिव शाहीको आपत्ति


काठमाडौं : अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विश्वकर्मा र विद्यार्थी नेता प्रकाश तिरुवालाई बिनाकारण पक्राउ गरेको भन्दै सो संगठनले आपत्ति जनाएको छ । सोमबार दिउँसो अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाहीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् । महासचिव शाहीले विज्ञप्तीमा भनेकाछन् –‘नेपालको शिक्षा क्षेत्रमा भएको निजिकरण, व्यापारिकरण, दलालीकरण र माफियाकरणको पूर्ण रुपमा अन्त्य गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्त गर्ने अभियानमा बिनाकारण गिरफ्तार गर्नुले यो सामाजिक दलाल फासिवादी राज्यको चरित्र झन् उदागिंएको छ।’ उनले संगठनका अध्यक्ष लगायत नेताहरुलाई गुण्डागर्दी शैलीमा गरिएको गिरफ्तारीको घोर भत्र्सना गर्दै बिनासर्त तत्काल रिहाई गर्न जोडदार माग गरेका छन् । साथै, रिहाइ नगरे कडा संघर्षमा जाने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार स्वयं दलाल फासिवादी सरकार नै हुनुपर्ने चेतावनी पनि विज्ञप्ति मार्फत दिईएको छ ।

विज्ञप्तिकाे पुर्णपाठ- 

२०७५ जेठ २८ गते सोमबार दिउँसो २ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :