चितवन घटनाबारे नेकपाका केन्द्रीय सदस्य आधारले भने

काठमाडौं : नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम ताम्सालीङ इन्चार्ज आधारले चितवनमा भएको घटनालाई लिएर विरोध तथा भत्र्सना गरेका छन् । शनिबार रातीको घटनालाई लिएर आधारले भने –‘हाम्रो पार्टीका जिल्ला इन्चार्ज लालबहादुर बिसी कामबाट डेरामा फर्किने बेला गुण्डाशैलीमा आक्रमण गरिएको छ, यसरी आक्रमण गर्नु भत्र्सनायोग्य कुरा हो , आक्रमणकारीहरु प्रहरी भएको थाहा भयो, प्रहरी भएपनि सहज तरीकाले कुरा गरेको भए भइहाल्थ्यो, तर एक्कासी आएर त्यसरी आक्रमण गर्दा दुवैतिरका घाइते भए, नेकपाका ब्यक्ति भएकै कारण राजनैनिक आस्थाकै आधारमा आक्रमण गर्नु राम्रो होइन ।’

इन्चार्ज आधारका अनुसार प्रहरीले बल प्रयोग गरेपछि त्यँहा नेकपाका नेताकार्यकर्ताले प्रतिकार गरेका थिए । प्रतिकारको क्रममा नेकपा चितवन इन्चार्ज लालबहादुर बिसी र एक जना प्रहरी जवान घाइते भएका थिए । घाइते भएका नेकपाका इन्चार्ज बिसीले भने–‘चितवनको भोजगाड जंगलछेउ हुँदै मोटरसाईकलमा फर्कदैगर्दा विपरित दिशाबाट आइरहेको एउटा मोटरसाइकलले हामीलाई अवरोध गर्न खोज्यो, तर हामी स्पीडमा थियौं र पछि सिर्जनाचोकमा पुगे पछि मोटरसाइकलवालाले आक्रमण गरे, हामीले प्रतिकार गर्ने क्रममा आक्रमणकारी लड्न पुगे ।’ प्रहरीले नेकपा सम्बद्ध एक जना विरु तामाङलाई पक्राउ गरेको थियो ।

साथै, प्रहरीले इन्चार्ज बिसीबाट कम्प्युटर, एक लाख नगद, मोबायल, कार्यालय सम्बन्धी कागजजात र कपडा समेत कब्जा गरेर लिएको थियो ।
२०७५ जेठ १८ गते सोमबार बिहान ८ : ३६ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :