जनपरिषदद्वारा जग्गा कब्जा


काठमाडौ  : क्रान्तिकारी जनपरिषद, नेपाल रामेछापले ९९ रोपनी जग्गा कब्जा गरेको छ । जिल्लाको खाडादेवी खैरेनीमा रहेको सार्वजनिक जग्गा ब्यक्तिले हडपेकोले सो जग्गा सार्वजनिक नै हुनुपर्ने भन्दै कब्जा गरिएको जनपरिषदले जनाएको छ । जनपरिषद रामेछापको नाममा जारी गरिएको सार्वजनिक अपिलमा आर्थिक चलखेल गरी सार्वजनिक जग्गा स्थानीय ६ जना ब्यक्ति मिलेर ब्यक्तिगत बनाएकोले कब्जा गरिएको र उक्त जग्गा कसैलाई पनि किनबेच नगर्न आग्रह गरेको छ ।२०७५ जेठ २८ गते आईतबार विहान ८ :१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :