मध्यरातमा नेकपाको कार्यालयमा आक्रमण

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको चितवन जिल्ला कार्यालयमा प्रहरीले आक्रमण गरी सम्पूर्ण सामाग्रीहरु कब्जा गरेको छ । भरतपुर महानगरपालिका १० पारस बसपार्क स्थित उक्त कार्यालयमा शनिबार मध्यरातमा प्रहरीले आक्रमण गरेको हो । प्रहरीको आक्रमणबाट नेकपा चितवनका इन्चार्ज लालबहादुर बिसी घाइते भएका छन् । प्रहरीले नेकपाको उक्त कार्यालयबाट बिरु तामाङलाई पक्राउ गरेको छ । साथै, प्रहरीले कार्यालयका कागजातहरु, एक लाख नगद, एक थान कम्प्युटर, ६ सेट मोवायल, कापी, किताब, डायरी र लगाउने कपडा समेत कब्जा गरी लिएको नेकपा चितवनले जानकारी दिएको छ । नेकपाका जिल्ला इन्चार्ज बिसीले बिनाकारण राजनैतिक आस्थाकै आधारमा नेकपाको कार्यालयमाथि आक्रमण गरिएको बताएका छन् । उनले मध्यरातमा प्रहरीले आफ्नो कार्यालयमा आक्रमण गरेको घटनाको निन्दा गर्दै पक्राउ गरिएका विरु तामाङलाई तत्काल रिहाई गर्न माग गरेका छन् । साथै, बिसीले दैनिक उपभोग्य सामानहरु समेत कब्जा गरेर लिएको भन्दै सम्पूर्ण सामान फिर्ता गर्न पनि माग गरेका छन् ।

२०७५ जेठ २७ गते आइतबार बिहान १० : ४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :