तराई–मधेशमा विगठीत सत्ता पुनरस्तापित हुन्छ : उमा भुजेल (शिलु)

काठमाडौं : जनपरिषद नेपाल, सर्लाही जिल्लाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै नेकपाकी पिबीयम् तथा जनप्रतिनिधि सभाकी अध्यक्ष (सभामुख) उमा भुजेल (शिलु)ले प्रचण्ड–बाबुराम मण्डलीले विगटन गरेको जनसत्ता तराईमा पुनर स्तापीत गर्ने घोषणा गर्नु भएको छ । कार्यक्रमकी प्रमुख अतिथि भुजेलले जनसत्ताको निर्माण जनयुद्धका सहिदहरुको मात्र नभएर आजाद, जय गोविन्द शाह, सुर्यनाथ यादव, रामवृक्ष यादव जस्ता तराईका अग्रजहरुको समेत सपना हो भन्नु भयो । अधिवेशनले अध्यक्ष जनक, उपाध्यक्ष सोममाया शाहीको ३५ सदस्यीय जनप्रतिनिसभा र लालबहादुर प्रमुख र सिताराम उपप्रमुख रहेको १५ सदस्यीय जनपरिषद सर्लाही गठन गरेको छ । सन्देश, देव नारायण यादव, कुमारले नवगठित समितिलाई शशुभकामना दिनुभएको सो कार्यक्रमको अध्यक्षता तेजबहादुर विक र सञ्चालन कमल सुस्लीङले गर्नुभएको थियो ।

२०७५ जेठ २६ गते शनिबार बेलुका ९ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :