आठ विद्यार्थी संगठनद्वारा भोली वृहद अन्तरक्रिया गर्दै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत ८ विद्यार्थी संगठनले पूर्व घोषित कार्यक्रम अन्तर्गत वृहद अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् । भोली अर्थात जेठ २७ गते आइतबार काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा आठ पार्टीका प्रमुखको उपस्थिितिमा हुने ‘विद्यार्थी आन्दोलन र अबको बाटो’ विषयक अन्तरक्रिया कार्यक्रम गर्न लागेका हुन् । बिहीबार अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा बसेको आठ विद्यार्थी संगठनको संयुक्त बैठक बसि संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै सो कार्यक्रम घोषणा गरेका थिए । कार्यक्रममा अखिल (क्रान्तिकारी), अनेरास्ववियू (क्रान्तिकारी), समाजवादी विद्यार्थी फोरम नेपाल, अनेरास्ववियू (पाँचौं), राजपा विद्यार्थी संगठन, नयाँ शक्ति विद्यार्थी युनियन, अनेरास्ववियू (क्रान्तिकारी) र अखिल (क्रान्तिकारी) सबै तहका नेताकार्यकर्ताहरुको विशेष सहभागी हुने अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिएका छन् ।

 

२०७५ जेठ २६ गते शनिबार बेलुका ८ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :