अब नयाँ सत्ताले देशको जिम्मा लिन्छ – उमा भुजेल (शिलु)

काठमाडौं : नेकपाकी पोलिटब्युरो सदस्य तथा जनप्रतिनिधि सभाकी अध्यक्ष (सभामुख) उमा भुजेल (शिलु)ले अब जनसत्ताले देश र नागरिकको जिम्मा लिने र पुरानो सत्तालाई विस्थापीत गर्ने बताउनु भएको छ । ताम्सालिङ स्वायत्त जनपरिषद सिन्धुलीको दोस्रो जिल्ला परिषदको अधिवेशनलाई सम्बोधन गर्दै भुजेलले सो कुरा बताउनु भएको हो । भुजेल कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । अधिवेशनले गोपालले भोलोन अध्यक्ष र टिका वैजु उपप्रमुख रहेकोे ३५ सदस्यीय जनप्रतिनिधि सभा गठन गरेको छ । जसमा आठ सदस्यीय रिक्त छन् । त्यसैगरी पुरन भुजेलको अध्यक्षतामा दुई सदस्य रिक्त रहने गरी ११ सदस्यीय संयुक्त जनपरिषद गठन गरेको छ । जेष्ठ सदस्यीय खडकमाया आलेको अध्यक्षता र दिनेश शरुको उद्घोषणमा सम्पन्न अधिवेशनलाई नेकपा केन्द्रीय सदस्यहरु सन्देश, देवनारायण शाह, सिन्धुली इन्चार्ज लक्ष्मणले प्रशिक्षण मन्तव्य राखेका थिए । अधिवेशनमा जिल्लाका विभिन्न गाविस, नपा, जबस र जनवर्गीय संगठनका प्रतिनिधीहरुको प्रतिनिधीमुलक प्रतिनिधित्व थियो ।
२०७५ जेठ २५ गते शुक्रबार बेलुका १० : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :