नेकपाका जिल्ला जवस फ्र्याक्सन इन्चार्ज पक्राउ

 

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्तालाई प्रहरीले पक्राउ गर्ने कार्य तीव्र पारिरहेको बेला शुक्रबार थप २ जना पक्राउ परेका छन् । नेकपा ललितपुरका जिल्ला सदस्य तथा जनवर्गीय संगठनका फ्र्याक्सन इन्चार्ज किरणलाई प्रहरीले पक्राउ गरेको छ । किरण ललितपुरबाट पक्राउ परेका हुन् । यसैगरी चितवनको रन्त नगरपालिका इन्चार्ज रणदीप गौतमलाई प्रहरीले पक्राउ गरेको छ । गौतमलाई कालीका नगरपालिकाबाट पक्राउ गरेको नेकपाका चितवन सेक्रेटरी धुर्बले जानकारी दिएका छन् । सेक्रेटरी धुर्बले आफ्ना कार्यकर्तालाई बिनाकारण बाटोमा हिडिरहेको अवस्थामा पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । उनले पक्राउ परेका गौतमलाई बिनासर्त रिहाइ नगरे आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएका छन् ।

२०७५ जेठ २६ गते शनिबार बिहान ८ : ४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :