उम्मेदवारको घरमा बम

gadi agganiकाठमाडौंः बैशाख २९, स्याङजाको गल्याङ नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको घरमा बम फेला परेको छ । प्रमुख पदका उम्मेदवार लालगोपाल अर्यालको घरको बरन्डामा बम फेला परेको हो । बम देखेपछि घर परिवारले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले बताए । उता सल्यानमा एमालेका उम्मेदवार लोकप्रसाद डाँगीले चुनावी प्रचारप्रसारको लागि प्रयोग गरेको भे १ च १५६२ नम्बरको जिप र रा ३ प ६९९८ नम्बरको मोटरसाइकल आगजनी भएको छ । अहिलेसम्म  कसैले घटनाको जिम्मा लिएको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :