पारमाणविक सुदृढ गर्न इरानी सर्वोच्च नेता खोमेनीको निर्देशन

काठमाडौं : इरानका सर्वोच्च नेता आयातुल्लाह अलीखामेनीले सोमबार एक टेलिभिजनसँग कुराकानी गर्दै आणविक सुधार गर्न वैज्ञानिकहरूलाई दिएका हुन् । उनले इमान खोमेएनि मौसोलेउमको २९ औँ दिवसमा उक्त निर्देशन दिएका थिए । इमानखोमेइनी इस्लामिक गणतन्त्र इरानका जन्मदाता मानिन्छन् ।

सन् २०१५ मा युरोपियन युनियन, इरान, रुस र अमेरिकाबीचमा न्युक्लियर वार्ता भएको थियो । यसलाई इरानले आफ्नो कूटनीतिक विजय भएको बताउँदै आएको थियो । यसलाई यही वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रूपमा खारेज भएको घोषणा गरेका थिए । त्योसँगै केही युरोपियन युनियनका देशले पनि ट्रम्पलाई समर्थन गरेका थिए । त्यसपछि अमेरिका–इरान सम्बन्ध चिसिएको थियो ।

त्यही विषयमा कुरा गर्दै खामेनीले भनेका छन्– केही ईयूभित्रका देशहरूले सन् २०१५ को सम्झौतालाई लत्याउन खोजेका छन्, यो उनीहरूको सपना मात्र हो । उनले भने– तत्कालै भूमिगत आणविक लेवल १९००००कधख सम्झौताअनुसार अगाडी बढाउन निर्देशन दिएका छन् जसले गर्दा अमेरिका–इरान सम्बन्ध झन् बिग्रिने सङ्केत बढेको छ ।
२०७५ जेठ २४ गते बिहीबार दिउँसो २ : ३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :