विराटनगरमा मानव अधिकारवादीहरूकाे गोष्ठी हुँदै

काठमाडाैं :  सरकारले कानुनी राज र मानवअधिकारको व्यापक हनन् गरेको आरोप लागिरहेको बेला देशका वरिष्ठ अधीकारर्मीहरु मोरङ जिल्लाकोे विराटनगरमा भेला हुने भएका छन् । (वर्तमान राजनीतिक अवस्थामा मानवअधिकारको स्थिति) विषयक गोष्ठीमा भागलिन राष्ट्रिय मानवअधिकार आयोकका सुदिप पाठक, नागरिक समाजका वरिष्ठ अगुवा सन्दरमणी दीक्षित, नेपाल बार यशोसियनका अध्यक्ष शेरबहादुर केसी, इन्सेकका सुबोध प्याकुरेल, १ नं. प्रदेशका महान्यायाधीवक्ता चुडामणी आचार्यलगायतले वरिष्ठ अधिवक्ता एकराज भण्डारीद्वारा प्रस्तुत अवधारणा पत्रमाथि टिप्पणी गर्ने छन् । जनअधिकार अभियान नेपालद्वारा आयोजित सो कार्यक्रम जेठ २५ गते बिहान ११ बजे ….. को सभाकक्षमा हुने जनाइएको छ ।

२०७५ जेठ २४ गते बिहीबार अपरान्ह  ४  : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :