महासङ्घका केन्द्रीय अध्यक्ष अमर झाक्री रिहा

 

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष अमर झाक्री रिहा भएका छन् । झाक्रीलाई बुधबार रोल्पा जिल्ला अदालतले साधारण तारिखमा रिहा गरेको हो । उनलाई जेठ ७ गते सर्वाेच्च अदालतले रिहाइकोे आदेश दिने वित्तिकै थप सोधपुछको लागि भन्दै प्रहरीले अदालत परिषरबाटै पुनः पक्राउ गरि रोल्पा लगिएको थियो । वैशाख १८ र १९ गते पोखरामा सम्पन्न महासङ्घको राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक गर्न काठमाडौंको अनामनगरमा रहेको संवाद डबलीमा वैशाख २५ गते पत्रकार सम्मेलन गरिरहेको बेला प्रहरीले सो संगठनका नेताहरुलाई पक्राउ गरेको हो । प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पुर्वसन्ध्यामा सुरक्षाको कारण देखाउदै पक्राउ गरेर सार्वजनिक अपराधको मुद्दा लगाएको थियो ।

२०७५ जेठ २३ गते बुधबार बेलुका ९ : ४३मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :