महासङ्घद्वारा दोलखामा कोण सभा सम्पन्न

 

 

काठमाडौं :  अखिल नेपाल क्रान्त्किारी ट्रेड युनियन महासंघ अन्तर्गत पूर्वी ताम्सालिङ ब्युरोमा रहेको देलखा जिल्ला समन्वय समितिले राज्य प्र्शासन र सरकारको रवैयाप्रति घोर आपत्ति प्रकट गर्दै कोण सभा सम्पन्न गरेको छ । महासंघको अध्यक्ष अमर झाँक्री (संजिव)लाई बिनाकारण गिरफ्तारी हालसम्म पनि रिहा नगरेको र विभिन्न स्थानमा मजदुर नेताहरुलाई पक्राउ गरि झुट्ठा मुद्दा लगाई फसाइरहेको विरोधमा संघर्षको कार्यक्रमसहित कोण सभा गरेको बताएको छ । उक्त कोण सभामा बोल्दै जिल्ला महासंघको अध्यक्ष सरोप्रसाद न्यौपानेले सरकारद्वारा संवैधानिक अधिकार उल्लंघन गर्दै कानुनको सम्म पनि उपहास गरेको भन्दै क्रान्तिकारी मजदुरहरुले चुप लागेर नबस्ने प्रतिरोध संघर्षमा उत्रने चेतावनी दिएका छन् । अध्यक्ष झाँक्रीलगायत पक्राउ परेका मजदुर नेताहरुलाई बिनासर्त रिहा गर्न माग गरिएको छ ।

२०७५ जेठ २२ गते मंगलबार साँझ ६ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :