नेकपाका एक दर्जन बढी नेताकार्यकर्ता रिहा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको जनकपुर ब्युरोबाट गिरफ्तार भएका मध्ये मंगलबारसम्ममा एक दर्जन बढी नेताकार्यकर्ता रिहा भएका छन् । रिहा हुनेहरूमा नेकपा सिरहा इन्चार्ज अनुकुल राउत, सर्लाही सेक्रेटरी राजन, महोत्तरी सेक्रेटरी पवनकुमार महतो, नेकपा निकट युवा संगठन योङ रेडफोर्सका केन्द्रीय सचिवालय सदस्य रोहित ढकाल लगायत नेताकार्यकर्ता रहेका छन् । राजनीतिक आस्थाकै आधारमा प्रहरीद्वारा गिरफ्तार गरिएका उनीहरुलाई राज्यद्वारा झुठ्ठा मुद्दा लगाइएको नेकपा स्रोतले जनाएको छ । उनीहरू सबै जना धरौटी तिरी तारेखमा रिहा भएका हुन्। उनीहरुलाई विभिन्न मितिमा प्रहरीले पक्राउ गरि हिरासतमा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :