विद्यार्थीद्वारा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्ध चर्को विरोध

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठनहरुले आज अर्थात जेठ २१ गते सोमबार पेट्रोलियम पदार्थको भएको मूल्य वृद्धि तुरुन्त फिर्ता गर्न मागगर्दै विरोध प्रदर्शन गरेका छन् । आठ विद्यार्थी संगठनहरुले काठमाडौंको पूतलीसडक देखि आरआर क्याम्पस अगाडिसम्म उल्टो पथ यात्रा प्रदर्शन गरेका हुन् । उक्त प्रदर्शनमा अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाललगायतले र्यालीको नेतृत्व गरेको नाराजुलुसमा नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौैतम, राजपा विद्यार्थी संगठका अध्यक्ष मनिष मिश्र, अनेरास्ववियू (पाँचौँ)का अध्यक्ष धनश्याम मिश्र, समाजवादी फोरमका अध्यक्ष विवेक राई, अनेरास्ववियु(क्रान्तिकारी)का सचिव पेशल दाहाल, राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष ताराप्रसाद अर्याल र अखिल (क्रान्तिकारी)का संयोजक आलोक रायमाझी अगुवाई गरेका छन् । विद्यार्थी संगठनहरुले पेट्रोलियम डिजेल पदार्थमा मात्र मूल्य वृद्धि नभए जनताको आधारभूत ग्यास, नुन, मट्टितेल र चामललगायत सबै उपभोग्य वस्तुमा मुल्य वृद्धि हुने भएको हुनाले अविलम्ब फिर्ता गर्न माग गरेका छन्।

२०७५ जेठ २१ गते सोमबार साँझ ५ : २० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :