अखिल (क्रान्तिकारी)का जिल्ला सदस्य भट्टराई पक्राउ

 सुशान छेत्री / चितवन : अखिल (क्रान्तिकारी)का चितवन जिल्ला सदस्य सरोज भट्टराईलाई प्रहरीले गिरफ्तार गरेको छ । भट्टराईलार्इ सोमबार चितवन माडि नगरपालिका बाट गिरफ्तार गरेको हाम्रा चितवन संवाददाताले जानकारी दिएका छन् । चितवन संवाददाता सुशान क्षेत्रीका अनुसार नेकपा निकट अखिल (क्रान्तिकारी) नयाँ शक्ति निकट विद्यार्थी युनियन, क्रान्तिकारी माओवादी निकट अखिल (क्रान्तिकारी)ले आज संयुक्त प्रेस विज्ञप्ति मार्फत पक्राउ परेका सरोज भट्टराईलाई बिनासर्त रिहा गर्न माग गरेको छ । रिहा नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी नेकपाका भरतपुर नगर समितिका सदस्य हरी मित्रकोटीलाई प्रहरीले जेठ १३ गते पक्राउ गरेको नेकपाले जनाएको छ । नेकपाका इन्चार्ज लालबहादुर बिसीका अनुसार आफ्नै घरमा बसिरहेको बेला मित्रकोटीलाई गिरफ्तार गरेर भरतपुर प्रहरी कार्यालयमा राखिएको छ ।
२०७५ जेठ २२ गते मंगलबार बिहान १० : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :