पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ताकाे लागि आठ विद्यार्थी संगठनद्वारा ज्ञापनपत्र

भिडियोसहित

काठमाडौं : नेकपानिकट अखिल (क्रान्तिकारी)लगायत आठ विद्यार्थी संगठनहरुले आज अर्थात जेठ २१ गते सोमबार पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तुरुन्त फिर्ता गर्न माग गरेका छन् । आठ विद्यार्थी संगठनहरुले सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई ज्ञापणपत्र बुझाउँदै सो माग गरेका हुन् । संयुक्त रुपमा बुझाउँदै अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकालले पेट्रोलियम डिजेल पदार्थमा मात्र मूल्य वृद्धि नभए जनताको आधारभूत ग्यास, नुन, मट्टितेल र चामललगायत सबै उपभोग्य वस्तुमा मुल्य वृद्धि हुने भएको हुनाले अविलम्ब फिर्ता गर्न जोडदार माग गरेका छन् । साथै, अध्यक्ष ढकालले हाम्रो मागलाई बेवास्ता गरे आठ विद्यार्थी संगठनहरुले थप संयुक्त संघर्ष गर्न बाध्य हुने बताएको छ । आठ विद्यार्थी संगठनद्वारा जारी संयुक्त रुपमा बुझाएको ज्ञापनमा नेकपानिकट अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष चिरन्जीवी ढकाल, नयाँ शक्ति विद्यार्थी युनियनका अध्यक्ष श्यामबाबु गौैतम, राजपा विद्यार्थी संगठका अध्यक्ष मनिष मिश्र, अनेरास्ववियू (पाँचौँ)का अध्यक्ष धनश्याम मिश्र, समाजवादी फोरमका अध्यक्ष विवेक राई, अनेरास्ववियु(क्रान्तिकारी)का सचिव पेशल दाहाल, राष्ट्रवादी विद्यार्थी संगठनका अध्यक्ष ताराप्रसाद अर्याल र अखिल (क्रान्तिकारी)का संयोजक आलोक रायमाझीले हस्ताक्षर गरेका छन् ।

भिडियोसहित

२०७५ जेठ २१ गते सोमबार अपरान्ह ५ : २० मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :