कैलालीका सुकुमबासीको उठीबास

 

काठमाडौं : सरकारले कैलाली हरैयालालपुरमा रहेको सुकुम्बासी बस्ती हटाएकोे भन्दै जिल्ला जनपरिषद कैलालीले उक्त बस्ती पुर्नस्थापीत गर्न माग गरेको छ । आइतबार जिल्ला जनपरिषद कैलालीका प्रमुख करणले एक विज्ञप्ति जारी गर्दै दलाल सत्ताका एजेण्टहरु लेखराज भट्ट र कालीबहादुर खाम लगायतका व्यक्तिले सुकुम्बासी बस्ती हटाएर वस्ती रहेको जग्गा बेचेको जनाएका छन् । लेखराज भटट पूर्व मन्त्री एवं तत्कालीन माओवादी केन्द्र पोलीटब्युरो सदस्य हुन् भने खाम सरकारको मोस्ट वान्टेट सुचीमा रहेका ब्यक्ति हुन् । उनीहरुको संलग्नतामा नै सुकुमवासी बस्ती हटाउने र उक्त जग्गा बेचबिखन गर्ने कार्य गरिएको भन्दै उक्त कार्यको शसक्त विरोध तथा प्रतिरोध गर्ने पनि जनपरिषदको विज्ञप्तिमा उल्लेख छ । जनपरिषदको विज्ञप्ति प्रस्तुत छ –

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :