आज अखिल (क्रान्तिकारी) लगायत ८ विद्यार्थी संगठनहरुको शैक्षिक हड्ताल

 
 
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)सहित आठ विद्यार्थी संगठनले गरेको शैक्षिक हड्तालको प्रभाव आज बिहानैदेखि परेको छ । विद्यार्थी संगठनहरुको शैक्षिक हड्तालका कारण आज उपत्यका लगायत देशैभरीका हजाराै नीजि विद्यालय बन्द भएका छन् । आठ विद्यार्थी संगठनको यही जेठ १३ गते काठमाडौंमा बसेको संयुक्त बैठकले जेठ २१ गते सोमबार शैक्षिक हड्ताल गर्ने निर्णय गरेको थियो । विद्यार्थी संगठनहरुले सरकारी रवैयाको कारण नीजि शिक्षाको नाममा शैक्षिक ब्यापार बढिरहेको भन्दै नीजि विद्यालयहरुले विभिन्न बहानामा शुल्क बृद्धि गरेर विद्यार्थी र अभिभावकको ढाड सेकेको बताइरहेका छन् । अहिले पनि देशका लाखौ बालबालिका शिक्षाको उज्यालो घामबाट बन्चित हुँदा पनि सरकार गैरजिम्मेवार बनेको विद्यार्थी संगठनहरुले बताउदै आएका छन् । शिक्षामा भइरहेको नीजिकरण र व्यापारीकरणको अन्य हुनुपर्ने, आफु र नीजि विद्यालयका संचालकहरुबीच भएका सहमति कार्यान्वयन हुनुपर्ने भन्दै  विद्यार्थी संगठनहरुले शैक्षिक हड्तालको घोषणा गरेका हुन् । आन्दोलनका कार्यक्रम अनुसार विद्यार्थी संगठनहरुले जेठ १७ गते शैक्षिक सरोकारवालाहरुसँग वृहद अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
 
२०७५ जेठ २१ गते सोमबार बिहान ११ : २२ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :