जनपरिषदद्वारा गाउँपालिकाका अध्यक्ष चौधरीमाथि कारबाही

 

 

काठमाडौं : जिल्ला जनपरिषद (जनसत्ता) रुपन्देहीले एक भ्रष्ट गाउँपालिका अध्यक्षलाई कारबाही गरेको छ । रुपन्देहीको सुद्धोधन गाउँपालिका प्रमुख किसुनचन्द्र चौधरीले विकास निर्माणका हरेक काममा २० देखि २५ प्रतिसत कमिसन खाने गरेको, जनाताको हरेक काममा बहाना बाजी गर्ने र घुस माग्ने गरेकोले आइतबार अपरान्ह कारबाही गरिएको हो । पर्चामा विकास निर्माणको नाममा निकालिएको नदिजन्य पदार्थ स्थानीय ठेकेदार र व्यापारीहरुलाई बेचेर कमिशन खाएको, गाँउपालिकाका विभिन्न सामान खरिदमा प्रक्रिया मिलाएर कमिशन खाएको जनपरिषदले जनाइएको छ । जनपरिषदद्वारा जारी पर्चामा चौधरीले आर्थिक प्रशासन नियमावलीको धज्जी उडाउदै विभिन्न व्यक्ति समुदायलाई नीति विपरित बजेट बाढेर दुरुपयोग गरेको, विकास निर्माणमा राजनितिकरण गरि पार्टीका कार्यकर्ता भर्तिकेन्द्र गरिएको, गाउँकार्यपालिका भित्र समेत पूर्ण बैठक तथा छलफल नगरी मनोमानी एवंम एकलौटि गरि जनताको ढाड सेक्नेगरी कर बृद्धि गरेको र जन्मदर्ता, मृत्युदरता, विवाहदर्ता, बसाईसराईको स्थानीय निकायका मार्फत सामान्य सिफारिस गर्ने क्रममा समेत विभिन्न बहानामा जनतालाई दु:ख दिई कमिशन खाने गरेको पनि उल्लेख छ । यसैबीच सुकुम्बासीको उठिबास लगाउन लागेको भन्दै जनपरिषद्ले जग्गा कब्जा गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका ९ शंकरपुरमा रहेको सुकुम्बासी बस्ती र उनीहरुको खेतीपाती गर्दै आएको जग्गामा जनपरिषद्ले झण्डा गाडेको हो । जग्गा दलालहरु नापी–मालपोत कार्यलयका कर्मचारीहरु मिलेर उक्त ५ कट्ठा जग्गा कनिबेच गर्न लागेको भन्दै सैनामैना जनपरिषदले शनिबार कब्जा गरेको जनाइएकाे छ । कब्जा गरेको उक्त जग्गा उपभोग गर्दै आएका सुकुम्बासीहरुलाई नै हस्तान्तरण गरेको छ भने जनपरिषद्ले जग्गा किनबेचको काम अगाडि बढाए कारबाही गर्ने चेतावनी समेत  दिएको छ ।
२०७५ जेठ २० गते आइतबार बेलुका ९: २६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :