जनतालाई वाम सरकारको उपहार

 

काठमाडौं : स्थानीय तह गठन सँगै सर्वसाधारणले गाउँगाउँमा सिंहदरबार भन्ने चुनावी नाराको अनुभव राम्रैसँग गरेका छन् । अहिले स्थानीय स्तरमा जनताको थाप्लोमा विभिन्न शिर्षकका करहरु थपिएका छन् । कतिपय शिर्षकमा त दुई हजार प्रतिशतसम्म कर बृद्धि भएको जनप्रतिनिधि स्वयं बताउछन् । आफुलाई बहुमत प्राप्त र निकै शक्तिशाली बताउने सरकारले आफ्नो हनिमुन प्रियडसँगै जनतालाई अर्को नयाँ उपहार दिएको छ । शनिबार राती १२ बजेबाट लागु हुनेगरी नेपाल आयल निगमले इन्धनको मुल्य बृद्धि गरेसँगै अब सर्बसाधारणले सवारी साधनमा बढी भाडा तिर्नुपर्ने भएको छ । यातायात व्यासायीहरुले मुल्य समायोजन नगर्दै ठाउँठाउँमा गाडि सञ्चालकहरुले भने बढि भाडा माग्न शुरु गरिसकेका छन् । यस्तै हवाई इन्धनको मुल्य बढेपछि बायुसेवा सञ्चालकहरुले मंगलबार राती देखि लागु हुने गरी आन्तरिक उडान तर्फको भाडा बढाएका छन् । भारतीय आयल निगमले इन्धनको मुल्य वृद्धि गरेको भन्दै नेपाल आयल निगमले पनि मुल्य बृद्धि गरेको हो । लगातार इन्धनको मुल्य बढेको बढ्यै भएपनि नेपाल आयल निगमलाई भनें अहिले पनि मासिक करोडौं रकम घाटा हुने गरेको छ । यस्तै वाम सरकारको उदयसँगै बजारमा उपभोग्य बस्तुको मुल्य पनि बढेको छ । कतिपय मौसमी तरकारीमा मुल्य नबढेपछि घटेको छैन । वाम गठबन्धनले चुनावी घोषणा–पत्रमा देशै बदल्ने सम्वृद्धिको आश्वासन बाढेर मत मागेपनि अहिले भने जस्तो काम नगरेको र जताततै महङ्गी बढाएको सर्वसाधारण बताउछन् ।
२०७५ जेठ २० गते आइतबार बेलुका ८ : १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :