महासङ्घद्वारा विरोध कार्यक्रम सम्पन्न / शान्तिपूर्ण आन्दोलन गर्दा दमन गरेकोप्रति ढकालको आक्रोष

 

काठमाडौं : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले विरोध तथा कोण सभा कार्यक्रम सम्पन्न गरेको छ । शनिबार काठमाडौं लगायत विभिन्न जिल्लामा पूर्व घोषित कार्यक्रम अन्तर्गत महासङ्घले विरोध स्वरुप कार्यक्रम गरेका हुन् । महासङ्घले आफ्ना केन्द्रीय अध्यक्ष अमर झाँक्रीलाई सर्वाेच्च अदालतले रिहाई गरे पनि प्रहरीले उनलाई पुनः अदालत परिसरबाटै पक्राउ गरेको भन्दै जेठ १९ देखि असार १८ गते सम्म क्रमबद्ध रुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । यसैगरी काठमाडौंको शान्ति वाटिकामा सम्पन्न भएको कार्यक्रममा अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले मजदुरहरुको आफ्ना अन्याय र अत्याचारको विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्दा दमन गरेकोप्रति आक्रोष व्यक्त गर्दै अध्यक्ष ढकालले भनेका छन् । “सरकारलाई हामी भन्न चाहन्छौं शान्तिपूर्ण कार्यक्रम मार्फत् हाम्रो आवजलाई यो दलाल सरकारले नसुन्ने हो भने तिमिहरुलाई कसरी सुनाउनु पर्छ त्यसरी नै हामी सुनाउन चाहन्छौं ।” विरोध कार्यक्रममा महासङ्घका उपाध्यक्ष विजयराज प्यासी (सर्व श्रेष्ठ)ले पनि मन्तव्य राखेका थिए । मजदुरहरुको विशेष सहभागिता भएको कोण सभामा सञ्चालन भने देव परियारले गरेका थिए ।
२०७५ जेठ १९ गते शनिबार बेलुका ११ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :